लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता/कार्यकर्ताकाे नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

शनिबार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले बिनाकारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरूले सहकारीपीडितलाई न्याय दे, मानव तस्करहरूलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । न्युज एजेन्सी नेपाल

Shares

Be the first to comment on "लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता/कार्यकर्ताकाे नाराबाजी"

Leave a comment

Your email address will not be published.


*