लामाबगर – लाप्ची सडक खण्डमा निर्माण कार्यका लागि ठेक्का व्यवस्थापन हुन्छ– मन्त्री गुरुङ

चरिकोट (दीक्षण समाचार ) –नेपाल सरकारका महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडरको लामाबगर – लाप्ची सडक खण्डमा पर्ने सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण कार्यका लागि ठेक्का व्यवस्थापन हुने बताएका छन् । उनले यो आर्थिक बर्षमा नेपाल सरकारको कार्यक्रम र बजेटमा सडक खण्डमा पहिलो पटक समावेश भएको बताएका छन् । समृद्ध दोलखा सुखी दोलखाली“को प्रतिबद्धता अनुसार दोलखाको गौरव र राष्ट्रिय गौरवका आयोजनाहरु संचालन हुने मन्त्री गुरुङले बताएका छन् । कोभिड १९ ले भौतिक पुर्वाधार विकासका योजनाहरुमा प्रभाव पारेपनि विगतदेखि चलिरहेका योजना र यस आर्थिक बर्षमा सुरु गरिएका नयाँ योजनाहरु बजेट कार्यक्रममा समावेश भएको उनको दाबी रहेको छ ।

मन्त्री गुरुङका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा देहायको दोलखामा बजेट बिनियोजन हुने छ ।

“समृद्ध दोलखा सुखी दोलखाली”को प्रतिबद्धता अनुसार दोलखाको गौरव र राष्ट्रिय गौरवका आयोजनाहरु संचालन भइरहेका छन । कोभिड १९ ले भौतिक पुर्वाधार विकासका योजनाहरुमा प्रभाव पारेपनि विगतदेखि चलिरहेका योजना र यस आर्थिक बर्षमा सुरु गरिएका नयाँ योजनाहरु बजेट कार्यक्रममा समावेश भएका छन ।

१. NH 28 उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडरको लामाबगर – लाप्ची सडक खण्डमा पर्ने सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण कार्यका लागि ठेक्का व्यवस्थापन हुनेछ । नेपाल सरकारको कार्यक्रम र बजेटमा यो आयोजना पहिलो पटक समावेश भएको हो ।

२. भिट्टामोड–जलेश्वर–बर्दिवास–खुर्कोट–मन्थली–तामाकोशी–सिंगटी–लामाबगर–लाप्चेगाउँ NH 28 उत्तर दक्षिण राष्ट्रिय राजमार्ग अन्तरगत पहिलो पटक तामाकोशी कोरिडर सरकारको बजेट कार्यक्रममा समावेश भएको छ ।

३. निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत मुडे–मेलुङ दोलखा चक्रपथ सडक अन्तरगत बाघखोर–भैंसे–मेलुङ खण्डको विस्तृत अध्ययन प्रतिवेदन तयार भई निर्माण कार्य सुरु हुनेछ ।

४. वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तरगत क) पुष्पलाल मार्ग चनौटे–बाँझे–झुले–जिरी सडक र ख) किराँती छाप–२१ किलो सडक खण्ड यो आर्थिक बर्षको बजेटमा समावेश भएको छ ।

५. राष्ट्रिय राजमार्ग अन्तरगत बहुबर्षीय बृहद योजनाको रुपमा विगतदेखि नै काम भइरहेको लामोसाँगु–मुडे–चरिकोट–तामाकोशी–जिरी सडक स्तरोन्नती र कालोपत्रे गर्ने कामले यो आर्थिक बर्षको बजेट कार्यक्रममा निरन्तरता पाएको छ ।

६. सडक पुर्वाधार विकास कार्यक्रम अन्तरगत दोलखामा ९ वटा रणनैतिक सडकका लागि बजेट छुट्याइएको छ ।

७. स्थानीय सडक पुल निर्माण अन्तरगत १३ वटा सडक पुल निर्माण हुनेछन र थप २ वटाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुनेछ ।

८. प्रदेश सरकार र स्थानीय तहबाट निर्माण हुने थप रणनैतिक सडक आयोजनाहरु सम्पन्न भएपछि दोलखा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सडक संजालमा जोडिनेछ ।

Shares

Be the first to comment on "लामाबगर – लाप्ची सडक खण्डमा निर्माण कार्यका लागि ठेक्का व्यवस्थापन हुन्छ– मन्त्री गुरुङ"

Leave a comment

Your email address will not be published.


*