लम्पी स्किन प्रकोप : दोलखाको मेलुङ्ग ३ मा पशु व्यापार तथा ओसारपसारमा रोक

राजकुमार भुजेल (निर), चरिकोट। दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ३ ले पशु व्यापार व्यवसाय ओसारपसार तथा ढुवानी गर्न तत्कालको लागि रोक लगाएको छ। आज वडाको एक सुचना जारि गर्दै पशुहरुमा “lumpy Skin Desease”व्यापक रुपमा फैलिएको भन्दै उक्त रोग सर्ने भएकाले रोग नियन्त्रण नहुनेजेल सम्मको लागि रोक लगाएको वडाले जानकारी दिएको हो । त्यस्तै लम्पी स्किन रोग नेपालभरी नै फैलिरहेको गाईभैसीमा लाग्ने लम्पी स्किन रोग दोलखामा अहिले तिव्र रुपमा फैलिरहेको छ । जिल्लामा गत जेठ महिना बाट प्रवेश गरेको गाईभैसीमा लाग्ने लम्पी स्किन रोगका कारण हालसम्म ५२ वटा पशु मरेका छन् भने लगभग ३ हजार पशुहरू सङ्क्रमित भएका छन्।

Shares

Be the first to comment on "लम्पी स्किन प्रकोप : दोलखाको मेलुङ्ग ३ मा पशु व्यापार तथा ओसारपसारमा रोक"

Leave a comment

Your email address will not be published.


*