लप्चीमा सुरुङमार्ग निर्माण अन्तिम चरणमा

चरिकोटः लप्ची खोला जलविद्युत आयोजनाको पहुँचमार्गकालागि एमभी दुगड ग्रुपले निर्माण गरिरहेको सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । १ दशमलब ७४ किलोमिटर लामो सुरुङ निर्माण अन्तिम चरणमा पुगको हो ।
कुल १०७४ मिटर लम्बाइको सुरुङमार्ग मध्ये १०४५ मिटरको काम पूरा भएको एमभी दुगड ग्रुप अन्र्तगतको सुमो कन्टूक्सनका अधिकृत हेमराज तमाङले बताउनुभयो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक खन्न नसकिएपछि सुरुङमार्ग खन्न सुरु गरिएको थियो । लामाबगरबाट १० किलोमिटर उत्तरमा दुगड ग्रुपले जलविद्युत आयोजना निर्माणको गतिविधि अगाडि बढाएको छ । सुरुङमार्गको काम एमभी दुगड अन्तर्गत सुमो कन्ट्रक्सनमार्फत भइरहेको बताइएकोछ । अधिकृत हेमराज तमाङका अनुसार करिब १० दिनभित्र ब्रेक थ्य्रु गर्ने गरी काम भइरहेको छ । सुरुङमार्गसँगै आयोजना स्थलसम्म पुग्ने सडक निर्माण पनि जारी रहेको छ । विगतमा सडक निर्माणकालागि यही आयोजनाले स्काभेटर हवाई उडानमार्फत लुम्नाङ र थाम्चेम्बु पु¥याएको थियो । बाँधस्थलदेखि तल्लो भागमा अहिलेसम्म २० किलोमिटर प्रवेशमार्ग मध्ये ९ किलोमिटर सडक टूयाक खोलिसकेको बताइएको छ । सुरुङमार्ग सकिएपछि सडक निर्माणका लागि उपकरण निर्माण सामग्री ढुवानीमा सहज हुने छ । एमभी दुगड ग्रुपले लप्चि खोलामा १६० मेगावाटको जलविद्युत आयोजनाको निर्माण गदैछ ।
सुरुङमार्ग निर्माणपछि सडक निर्माणको कामले तिव्रता पाउने स्थानीयको विश्वास छ । सुरुङमार्ग तयार भएपछि थप ३० किलोमिटर सडक निर्माण गर्ने हो भने चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुनेछ । लामाबगरदेखि सडक खुलेमा स्थानीयलाई सहजहुने हुने लप्चीका स्थानीय कर्माहुसेर शेर्पाको भनाइ छ । लामाबगर नाका तिब्बतसँगको तातोपानी नाका खुल्नुभन्दा अघिको चल्तीको व्यापारिक नाका हो । चीनसँगका १० वटा नाका खोल्ने सरकारको योजनामा यो नाका पनि पर्दछ

Shares

Be the first to comment on "लप्चीमा सुरुङमार्ग निर्माण अन्तिम चरणमा"

Leave a comment

Your email address will not be published.


*