दोलखा उद्योग बाणिज्य संघमा सर्वसहमती , संघको अध्यक्षमा पुन ःइन्द्र श्रेष्ठ

चरिकोट ः दोलखा उद्योग बाणिज्य संघमा सर्वसहमती भएको छ । संघको अध्यक्षमा इन्द्र श्रेष्ठ पुनः निर्वाचित हुने पक्का भएको छ । निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार दिनेश बस्नेतले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसहमती भएको हो । विहिबार राती २ पक्षका उम्मेद्वार बिच छलफल पछि सहमती जुटेको छ ।संघमा नेपाली कांग्रेस निकटका व्यवसायीले अध्यक्ष , द्धितिय उपाध्यक्ष ,सचिब सहित ७ जना कार्यसमितिमा प्रतिनिधित्व गर्ने ,एमालेले प्रथम उपाध्यक्ष सहित पाँच जना , माओवादी निकटले महासचिब सहित ३ जना र एकीकृत समाजवादीले कोषाध्यक्ष सहित २ जनाले कार्यसमितिमा प्रतिनिधित्व गर्ने सहमती भएको छ ।सदस्यमा सुरेन्द्र उप्रेती , कल्पना श्रेष्ठ,अनिल रिजाल,दिनेश पाठक ,हिमाल प्रसाद न्यौपाने,श्यामसुन्दर शिवाकोटी,बलराम थापा , राजन थापा ,विमल श्रेष्ठ,प्रविन श्रेष्ठ, नारायण बहादुर श्रेष्ठ,रामशरण बस्नेत, सुरेश उप्रेती, रामकुमार खड्का श्यामकृष्ण कायस्थले प्रतिनिधित्व गर्ने सहमति भएको बताईएको छ । पदाधिकारी संघको बैठकले टुंग्याउने संघको विधानमा रहेको छ । बुधबार प्यानल नै घोषणा गरी २ समुहले उम्मेद्वारी दर्ता गरेका थिए ।

Shares

Be the first to comment on "दोलखा उद्योग बाणिज्य संघमा सर्वसहमती , संघको अध्यक्षमा पुन ःइन्द्र श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*