दोलखामा आइसोलेशनका ३६ वेड (कुन स्थानमा कति हेर्नुहोस)

चरिकोट (दीस) –दोलखामा कोरोना नियन्त्रण गर्न जिल्ला भर ३६ वेडका आइसोलेशन वेड निर्माण भएको छ । हालसम्म निर्माण भएको आसोलेशनमा भिमेश्वर नगरपालिकाका ३२ वटा वेड निर्माण भएका छन भने जिरी ४ वटा गरी ३६ वटा आइसोलेशन निर्माण भएका हुन । भिमेश्वर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १७ वटा वेड ,चरिकोटमा रहेको निजी अस्पताल च्छोरोल्पा अस्पतालमा १० वटा वेड तथा दोलखामा निर्माण भएको धुलिखेल अस्पतालमा ५ वेड वेड तथा जिरी नगरपालिकामा रहेको जिरी अस्पतालमा ४ बेडको आइसोलेशन वेड निर्माण भएको हो । जिल्ला भर उपचार गर्न मिल्ने गरी आसोलेशनको ३६ वटा वेड निर्माण भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले जानकारी दिए । झाका अनुसार आइसोलेशन भनेको कोरोना लागेको विरामी सो संक्रमण भएको पुष्टी भएपछि उपचार गर्ने चिकित्सक टिम सहितको सुबिधा सम्पन्न कक्ष सहितको वेड भएको हुनुपर्छ । दोलखामा स्थानीय तहमा आइसोलेशन निर्माण गरिएको भए पनि अन्य ठाउँको मापदण्ड अनुसार सुविधा नभएकोले त्यसलाई आइसोलेशन भन्न नमिल्ने उनको भनाई छ । “ति स्थानमा निर्माण भएका वेड क्वारेन्टाइन वेड मात्र हो । स्वाब् परिक्षण गर्नको लागि संङकलन केन्द्रमा वा नजिकको स्थानमा मात्र आइसोलेशन निर्माण गर्न सकिने भएकोले जिरी तथा चरिकोटमा हाल आइसोलेशन निर्माण भएको छ ” प्रमुख झाले भने । आपत्कालिन अबस्थामा अन्य स्थानमा आइसोलेशन निर्माण गर्न सकिने उनले बताए । दोलखामा स्वाव परिक्षणको लागि संकलन केन्द्र चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तथा जिरीमा रहेको अस्पतालमा गर्न सकिने व्यबस्था गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा आइसोलेशनका ३६ वेड (कुन स्थानमा कति हेर्नुहोस)"

Leave a comment

Your email address will not be published.


*