लकडाउनमा ११ जनाले लिए भिनपाको निशुल्क यातायात सुविधा

ईश्वर बिश्वकर्मा
भीमेश्वर नगरपालिकाकाले लकडाउनसगैं सुरु गरेको निशुल्क यातायात सेवा ११ जनाले लिएका छन् ।
लकडाउनका कारण अन्य सवारीसाधन नचल्ने भएकाले नगरले लकडाउन अवधिभर निशुल्क यातायात सेवा सुचारु गरेपछि आइतबारसम्म ११ जनाले उक्त सेवा लिएका हुन् । गर्भवती, अपाङ्गता भएका ब्यक्तिहरु, जेष्ठ नागरिकहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरको निशुल्क यातायात सेवा प्रभावकारी बनेको छ ।
नगरको उक्त सेवामार्फत ४ जना सुत्केरी, ४ जेष्ठ नागरिक, अपाङ्ग तथा विपन्न वर्गका बिरामी लाभान्वित भएको नगरले जनाएको छ ।
भीमेश्वर नगरपालिकाले सकेसम्म त्यस्ता व्यक्तीहरुलाई स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्स प्रयोग गर्ने गरेको छ । तथापी कहिलेकाँही सेवा लिनेकाे संख्या बढेको खण्डमा बोलेरो तथा अन्य यातायातका साधन पनि प्रयोग गर्ने गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले बताए । “लकडाउनको समयमा अन्य सवारीसाधन सञ्चालन भएको छैनन् । जसले गर्दा विपन्न वर्गका स्वास्थ्य समस्या भएका मानिसहरुलाई स्वास्थ्य संस्था पुग्न कठिन हुन्छ । जसले गर्दा समयमै उपचार पाउन नसकिने अवस्था आउन सक्छ । त्यसैले नगरमा यो विपतको निशुल्क यातायात सेवा लिन पाउंदा नगरवासी खुशी भएका छन् । स्वास्थ्य शाखा संयोजक खड्काले भने । उनले लकडाउन अवधिसम्म निशुल्क यातायात सेवा उपलब्ध गराइने बताए । कोरोना भाइरसको उच्च सर्तकता स्वरुप एम्बुलेन्स चालकलाई मास्क, सेनेटाइजर वितरण गरिएको छ ।
नगरले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक घर दुई साबुन, एक व्यक्ति एक मास्क अभियान सञ्चालन गरेको थियो । त्यसैगरी नगरभित्र कोरोनानाशक औषधी छर्कने,क्वारेन्टाइन र आईसोलेसन व्यवस्था गरेको छ । त्यसैगरी राहत वितरणका लागि तथ्याङ्क संकलन कार्य पनि गरिरहेको जनाएको छ ।

Shares

Be the first to comment on "लकडाउनमा ११ जनाले लिए भिनपाको निशुल्क यातायात सुविधा"

Leave a comment

Your email address will not be published.


*