लकडाउन कडा हुने हल्ला निराधारः सरकार

काठमाडौं, असार ८
सरकारले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको प्रष्ट पारेको छ ।

अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनुभएको छ । ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने उहाँको भनाइ छ । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ’ उहाँको भनाइ छ ‘ ‘लकडाउनका नियम सबैले पालना गरौं ।’

दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताउनुभयो ।

Shares

Be the first to comment on "लकडाउन कडा हुने हल्ला निराधारः सरकार"

Leave a comment

Your email address will not be published.


*