दोलखामा लकडाउन अवधिमा ५३ जना महिला सुरक्षित सुत्केरी भए

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ३०
चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा प्रसुति सेवा लिएर लकडाउन अवधिमा ५३ जना महिला सुत्केरी भएका छन् । त्यसैगरि ५३ जना नै शिशु जन्मिएका छन् ।
लकडाउन गरेको १९ औँ दिन अर्थात् चैत्र ११ देखि २९ गतेसम्म जिल्लाका ५३ जना महिला अस्पतालमा सुत्केरी भएका हुन् । अस्पतालको तथ्याङ्कअनुसार भीमेश्वर नगरपालिकाका १४, कालिञ्चोक गाउँपालिकाका १४ जनाले प्रसुति सेवा लिएका छन् । गौरीशंकर गाउँपालिकाका ४ जना, तामाकोसी गाउँपालिकाका ४ जना र शैलुङ गाउँपालिकाका ४ जना महिलाले प्रसुति सेवा लिएका अस्पतालका सुचना अधिकारी शान्ती प्रसाद न्यौपानेले बताए । त्यसैगरि बैतेश्वर गाउँपालिकाका ७ जनाले र विगु गाउँपालिकाका १ जनाले प्रसुति सेवा लिएका छन् । लकडाउनको समयमा बहिरङ्ग सेवा (ओपिडी) बन्द गरेको अस्पतालले आकस्मिक सेवा २४ सै घण्टा सुचारु रहेको र सबै सेवा दिइरहेको उनले बताए । जसले गर्दा प्रसुति सेवामा कुनै किसिमको प्रभाव परेको छैन । सरकारले सुत्केरीलाई दिने यातायात खर्चवापतको रकम पनि सबै सुत्केरीहरुले लिएका छन् ।

Shares

Be the first to comment on "दोलखामा लकडाउन अवधिमा ५३ जना महिला सुरक्षित सुत्केरी भए"

Leave a comment

Your email address will not be published.


*