लकडाउनमा दोलखा प्रहरीको सक्रियता: उल्लघंन गर्नेलाई उभ्याएर सचेतना

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २७
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न गरिएको लकडाउन पुर्ण कार्यान्वयन गराउन दोलखा प्रहरीले सक्रियता देखाउँदै आएको छ ।
प्रहरीले कोरोनसबाट भाइरसबाट बच्न र बचाउन टोलटोलमा परिचालित भई सचेतना संगै अनुगमन र कारवाही कडाइमा प्रहरीले सक्रियता देखाएको हो ।
बुधबार लकडाउन उल्लघंन गर्ने ९९ जनालाई करिब १ घन्टा उभ्याएर कारबाही स्वरुप सचेतना प्रदान गरिएको छ ।
प्रहरीले विभिन्न वाहना बनाई अनावश्यक काममा घुमफिरमा निस्केका व्यक्तिहरू उभ्याएर सचेतना दिदैं घरभित्रै बस्ने सर्तमा छाडिदिने गरेको छ । प्रहरीले जिल्लाको विभिन्न टोलमा गई अनुगमन र सचेतना अभियान सञ्चालन गरिरहेको छ । करिब ३ हजार सर्वसाधारणलाई कोरोनाबाट जोगिने उपाय, कोरोनाको लक्षण लगायतको बिषयमा समेटिएको पर्चापम्पेलट वितरण गरेको छ । जसले गर्दा भाइरसबाट जोगिन सर्वसाधारण शुसुचित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार घरबाट निस्कने करिब ३४ सय जनालाई कारबाही स्वरुप सचेतना प्रदान गरिएको छ । त्यसैगरी प्रहरीले सचेतना फैलाउन सक्रिय बनेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।
विभिन्न क्षेत्रमा माइकिङ गर्दै कोरोनाबाट बाच्न र बचाउन आह्वानका साथै लकडाउन कार्यान्वयनमा सहयोग गरी जीवन बचाउन सन्देश प्रवाह गरेको छ।
उनले भने ” लकडाउन जनतालाई कोरोनाबाट बचाउन गरिको हो । ताकि कुनै व्यक्ति वा समुहको फाइदाका लागि गरिएको होइन । त्यसैले केहिदिन घरमै बसीदिनुहोस् । तपाईंहरुको सुरक्षामा हामी दिनरात प्रतिबद्ध भएर खटिरहने छौं । हामीलाई यो समय घर बसेरै सहयोग गर्नुहोस् ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि लकडाउन पुर्ण रुपमा कार्यन्वयनका निम्ति सक्रिय हुदै आएको छ । सचेतनामुलक सन्देशका साथै लकडाउन उल्लघंन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गर्ने कार्य ट्राफिक प्रहरीले गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी जवान जगदिश कार्कीका अनुसार बुधबार ६८ वटा सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
उनले कोरोना भाइरसको संक्रमण फैलने जोखिमलाई न्युनिकरण गर्न गरिएको लकडाउन अबज्ञा गरि चलाइएको बोलेरो, मोटरसाइकल, जीप लगायतका सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको बताए ।
लकडाउन प्रभावकारी बनाउन ध्यानाकर्षण
नागरिक समाज, सञ्चारकर्मी लगायतले लकडाउन प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन् ।
जिल्लामा लकडाउन उल्लङ्घनको क्रम बढेकाले कोरोना संक्रमण फैलने सक्ने भएकाले लकडाउन पुर्ण कार्यान्वयन र प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।
बुधबार जिल्ला प्रसाशन कार्यालय दोलखामा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई ध्यानाकर्षण  पत्र बुझाई विभन्न बजारमा मानिस भेला हुने गरेको र लकडाउनको अवज्ञा भएकोले कडाई गर्न माग गरेका छन् । विभिन्न नाकामा कडाई गर्नुपर्ने, क्वारेन्टाइनमा राख्नुपर्ने, अतिविपन्न, ज्याला मजदुरलाई राहत उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री तथा उपकरण उपलब्ध गराउन, जिल्लाका क्वारेन्टाइन, आइसोलेशन, स्वास्थ्य संस्था र बजार अनुगमन गर्न ध्यानाकर्षण गराईएको छ।

Shares

Be the first to comment on "लकडाउनमा दोलखा प्रहरीको सक्रियता: उल्लघंन गर्नेलाई उभ्याएर सचेतना"

Leave a comment

Your email address will not be published.


*