लकडाउनमा ः मेलुङले दियो ३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १६
दोलखाको मेलुङ गाउँपालिकाले पालिकाले ३१ जनालाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ ।
लकडाउनको समयमा स्वास्थ्य संस्थामा आई उपचार सम्भव नभएका बिरामी रिफर हुदाँ एम्बुलेन्स सेवा पालिकाले निशुल्क प्रदान गरेको हो ।
सोमबारसम्मको तथ्याङ्क अनुसार पालिकाको स्वास्थ्य संस्थाहरुमा उपचार हुन नसकि अन्य स्वास्थ्य संस्थामा रिफर भएका ३० जना बिरामी तथा गर्भवतीले एम्बुलेन्स सेवा लिएका छन् । जसमा १० जना काठमाडौं, १८ जना चरिकोट, २ जना किर्ने र एकजना पालिकाकैको एक स्वास्थ्य संस्थामा रिफर भएका पालिकाका स्वास्थ्य शाखा संयोजक हरिराम चापागाईंँले बताए । उनकाअनुसार सुत्केरी सेवाका निम्ति ७ जना महिलाहरुलाई चरिकोट रिफर गरिएको थियो ।
“पालिकाकै स्वास्थ्य संस्थामा उपचार हुन नसके बिरामीलाई स्वास्थ्य संस्थाले रिफर गरिदिन्छ , रिफर भएकालाई एम्बुलेन्स सेवा निशुल्क प्रदान गरिएको हो । यसले गर्दा लकडाउनको बेला एम्बुलेन्स नपाएकै कारण बिरामीलाई ठुलो खतराबाट जोगाएको गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले बताए ।“एक स्वास्थ्य संस्थादेखि अर्को स्वास्थ्य संस्थासम्म वा स्वास्थ्य संस्थाबाट बिरामीको घरसम्म लैजान–ल्याउन बन्दाबन्दीमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध रहेको छ ।“ एम्बुलेन्स सेवा निशुल्क पाएपछि स्थानीयमा खुसी छाएको छ “अध्यक्ष श्रेष्ठले भने ।
लकडाउन अवधिभर एम्बुलेन्स सेवा निशुल्क प्रदान गरिने छ । पालिकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । त्यसैगरि चालकलाई सुरक्षा प्रत्याभुति दिन पीपीइ लगायतका सुरक्षा सामग्री उपलब्ध गराइएको उनले बताए । पालिकामा ५ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।
बाहिरी जिल्लाबाट फर्किएकालाई क्वारेन्टाइनमा बस्न अनुरोध
पालिकाले बाहिरी जिल्लाबाट फर्र्किएका पालिका भित्रका स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।
१४ दिनसम्म होम क्वारेन्टाइनमा बसेर कोरोना रोकथाम गर्न पालिकाले चालेको अभियानलाई सहायोग गर्न पालिकाका अध्यक्ष श्रेष्ठले अनुरोध गरे । गत साता पालिकामा करिब २ हजारभन्दा बढीको संख्यामा पालिकाको खर्चमा स्थानीय भित्रिएका थिए ।

Shares

Be the first to comment on "लकडाउनमा ः मेलुङले दियो ३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा"

Leave a comment

Your email address will not be published.


*