रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण

चरिकोट (दीस)ः दोलखाको रोल्वालिङ हिमश्रृंखलाको बेदिङ गो हिमालको उत्तर पश्चिमी मोहडाबाट पहिलो पटक दुई आरोहीले सफल आरोहण गर्नु भएको छ । ६ हजार १ सय २५ मिटर अग्लो उक्त हिमालमा पहिलो पटक उहाँहरुले सफल आरोहण गर्नु भएको हो । दोलखाको गौरीशंकर गाउँपालिका ९ बेदिङका ४५ वर्षीय पासाङ किदर शेर्पा र ५३ वर्षीया अमेरिकी पर्वतारोही डानिका गिल्बर्टले असोज २८ गते मध्यान्ह १२ः०७ बजे हिमश्रृंखलामा पुग्नु भएको हो । दुई सफल आरोहीको आरोहणपछि अब बेदिङ गो हिमाल अन्य पर्वतारोहीहरूको लागि पनि खुला भएको जनाइएको छ। पासाङ किदर शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड भएको र उहाँले नयाँ हिमालको बाटो पहिचान गरी यसलाई आरोहण योग्य रहेको रिपोर्ट नेपाल माउन्टेरिङ एसोसिएसन र पर्यटन मन्त्रालयलाई बुझाउने जिम्मेवारी पाउनु भएको छ । उहाँले उक्त रिर्पोट बुझाएपछि सबैलाई उक्त हिम श्रृंखला आरोहण गर्न खुल्ला गरिने पनि बताइएको छ ।

 

 

 

Shares

Be the first to comment on "रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण"

Leave a comment

Your email address will not be published.


*