रोल्वालिङ क्षेत्रका बाढी–पहिरो पीडितलाई सोलार वितरण

चरिकोट(दीस)ः जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का बाढी पहिरो पीडितहरुलाई सोलार बत्ति उपलब्ध गराईएको छ । जिल्लाको सिंगटी शाखाबाट वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा क्षति पुगी विद्युत सेवाबाट विमुख भएका स्थानीयहरुलाई सोवर्स एक्सन नेपाल नामक गैह्रसरकारी संस्थाले सोलार उपलब्ध गराएको हो ।
सोवर्स एक्सन नेपालले रोल्वालिङमा रहेको साङ्गक्षेलिङ गुम्बा, विद्यालय लगायत बेदिङका स्थानीय वासी समेतलाई ४० थान सोलार उपलब्ध गराएको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पोले जानकारी दिनुभयो । सोलार सोवर्स एक्सन नेपालका अध्यक्ष आचार्य पासाङ शेर्पाले स्थानीयलाई वितरण गर्नकालागि वडाध्यक्ष ङिमगेली शेर्पा तथा एरेष्ट समिटक्लवका अध्यक्ष दावाछिरी शेर्पालाई संयुक्त रुपमा काठमाडौंमा शुक्रवार हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित सोलारहरु पीडितहरु समक्ष सिघ्र पु¥याईने वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनु भयो । असार २१ गते आएको बाढी तथा पहिरोले विद्युत प्रसारण लाईनमा क्षति पु¥याउँदा हाल रोलवालिङ क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको छ ।

Shares

Be the first to comment on "रोल्वालिङ क्षेत्रका बाढी–पहिरो पीडितलाई सोलार वितरण"

Leave a comment

Your email address will not be published.


*