रैथाने बाली जोगाउन मेलुङ गाउँपालिकामा बीउ बैँक

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ ३
रैथाने बाली जोगाउन दोलखाको मेलुङ गाउँपालिकाले बीउ बैंक स्थापना गर्ने भएको छ ।
स्थानीय स्तरमा उत्पादन हुदैँ आएको मकै, धान, गहुँ, कोदो लगायतको रैथाने बाली संरक्षण गर्न चालु आर्थिक वर्ष बीउ बैँक स्थापना गरिने भएको हो ।
बीउ बैंकमा रैथाने जातको बीउ भण्डारण गरिने र किसानलाई सहज किसिमले उपलब्ध गराइने पालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष हिरा थोकरले बताए ।
उनका अनुसार पछिल्लो बर्षहरुमा हाइब्रिड बीउको प्रयोग बढीरहेको र त्यसको सहज उपलब्धता नभएको अवस्थामा बीउ बैंकले उल्लेख्य सहयोग गर्ने छ ।

पछिल्लो समयमा आयातित हाइब्रिड बीउको प्रयोगले स्थानीय जातका बाली लोप हुन थालेको पाइन्छ । हाइब्रिडको बीउ पाउन पनि कसरत गर्नुपर्दछ । स्थानीय जातको बाली पनि कसैले लाउन चाहेको खण्डमा अभाव रहेको छ । त्यसैले हाइब्रिडलाई कम गराउदैँ रैथाने जातको बाली जाेगाउने उद्देश्यका साथ बीउ बैँक स्थापना गर्न लागिएको प्रवक्ता एवं वडाध्यक्ष थोकरले बताए ।

उनले भने “हाइब्रिडलाई पुर्ण प्रयोगमा बन्दै गर्ने होइन, रैथानेलाई बढाउदैँ हाइब्रिडलाई कम गर्दै लैजान हामी किसानलाई प्रेरित गर्ने नीतीका साथ बीउ बैँक स्थापना गर्छौ ।” उपयुक्त स्थान छनौट गरि बीउ बैँक स्थापना हुने भएकाले हाइब्रिड बीउ खोज्न किसान भौतारिन नपर्ने र रैथाने बालीको उत्पादन बढ्ने उनको विश्वास रहेको छ ।

Shares

Be the first to comment on "रैथाने बाली जोगाउन मेलुङ गाउँपालिकामा बीउ बैँक"

Leave a comment

Your email address will not be published.


*