रेविज विरुद्ध खोप अभियान

चरिकोट÷दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ मा आइतबारदेखि रेबिज विरुद्धको खोप अभियान सुरु भएको छ । रेबिज रोग उन्मुलन अभियान अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई खोप लगाउन सो अभियान सुरु भएको हो ।
वडाध्यक्ष धनबहादुर तामाङले रेबिज रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सञ्चालन भईरहेको अभियानमा आफूले पालेको कुकर र बिरालो ल्याई खोप लगाउन वडावासीलाई अनुरोध गर्नु भयो ।
खोप अभियान २५ गते सम्म सञ्चालन हुने छ । गत आर्थिक वर्ष २०७८–०७९ मा ८१ डोज खोप ल्याएर लगाएपनि उक्त डोजले सबै कुकुर बिरालोलाई पुगेको थिएन । चालु आवमा पनि १०० डोज माग भएकोमा ६५ डोज मात्र प्राप्त भएकोमा सोही खोप लगाउन सुरु गरिएको भेटेरिनरी प्राविधिक अच्युतकृष्ण खड्काले जानकारी दिनु भयो ।
यस अघि लगाएको भए खोप कार्ड साथमा ल्याउन सूचित गरिएको छ । खोप नलगाएको कुकुर र बिरालोका कारण हुने रेबिजको जोखिम कम गराउन खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भई रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार प्रत्येक वर्ष कुकुर र बिरालोलाई रेबिज विरुद्ध खोप लगाउनु पर्दछ ।

Shares

Be the first to comment on "रेविज विरुद्ध खोप अभियान"

Leave a comment

Your email address will not be published.


*