रेडियो भीमेश्वरले लकडाउनमा दोलखा फोटो नामक कन्टेष्ट आयोजना

चैत २५, चरिकोट । विगत ८ बर्षदेखि दोलखामा सञ्चालनमा रहेको सामुदायिक रेडियो भीमेश्वर ९०.८ मेगाहर्जले लकडाउनमा दोलखा नामक फोटो कन्टेष्टको आयोजना गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिमबाट बच्न र बचाउन सरकारले आह्वान गरेको लकडाउनको अवधिमा दोलखामा भएगरेका असल अभ्यासहरुलाई समेट्ने गरी रेडियोले लकडाउनमा दोलखा फोटो कन्टेष्ट २०२० को आयोजना गरेको हो । लकडाउनले दोलखामा पार्ने सबैखाले प्रभाव, असल अभ्यास लगायतका विषयहरु फोटोमार्फत संकलन गरी अभिलेख गर्न प्रतियोगिताको आयोजना गरिएको रेडियो भीमेश्वरका स्टेशन म्यानेजर रवीन्द्र गौतमले जानकारी दिए ।
लकडाउनले पारेको प्रभाव, पूर्वसतर्कताका लागि अपनाईएका पद्धति, सचेतना, लकडाउन अवधिभर गरिएका अनुकरणीय कार्य, नविनतम सोच, नागरिकले खेलेको भूमिका र जिम्मेवारी, स्थानीय तह तथा संघीय सरकारले गरेका प्रयास लगायतका बिषयलाई फोटोमार्फत अभिलेख राख्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको स्टेशन म्यानेजर गौतमले बताए । गौतमका अनुसार २०७६ चैत ११ गतेदेखि लागू भएको लकडाउनको अन्तिम दिनसम्म खिचिएको फोटोहरुलाई प्रतियोगितामा समावेश गरिनेछ ।
पुरस्कार वितरण समारोहमा मात्र घोषणा गरिने विजयी फोटोले प्रथम, द्धितीय, तृतीय र सान्त्वना गरी क्रमशः ५, ४, ३ र २ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । दोलखा जिल्लाका नागरिकले मात्र सहभागिता जनाउन सक्ने फोटो प्रतियोगितामा निशुल्का रुपमा एकजनाले बढिमा ५ ओटा फोटो पठाउन सक्ने स्टेशन म्यानेजर गौतमले बताए । प्रतियोगितामा मोबाइल वा क्यामेरा दुबैबाट खिचिएको फोटो पठाउन सकिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "रेडियो भीमेश्वरले लकडाउनमा दोलखा फोटो नामक कन्टेष्ट आयोजना"

Leave a comment

Your email address will not be published.


*