रुखबाट लडेर वडाध्यक्ष ठकुरी गम्भिर घाइते ः हेलिकप्टर मार्फत् काठमाण्डौ लगियो

चरिकोट, पुस २६–दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष केशब बहादुर ठकुरी रुखबाट लडेर गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो करिब २ बजे लामिडाँडा स्थित घर नजिकैको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर वडा अध्यक्ष ठकुरी गम्भीर घाइते भएका हुन् । ढाडमा चोट लागेर गम्भीर घाइते भएका ठकुरीलाई दोलखा अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक अञ्जन कोईरालाले बताए । वडाध्यक्ष ठकुरीको काठमाण्डौ स्थिति न्यूरो अस्पतालमा उपचार हुने परिवारले स्रोतले जनाएकाे छ ।

Shares

Be the first to comment on "रुखबाट लडेर वडाध्यक्ष ठकुरी गम्भिर घाइते ः हेलिकप्टर मार्फत् काठमाण्डौ लगियो"

Leave a comment

Your email address will not be published.


*