रिहा भएका गाँउपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ

१७ पुस, रामेछाप ।
उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले माग गरेको पाँच लाख टरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।
उनलाई सम्पत्ती शुद्धिकरण मुद्दामा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले  बताए । उनका अनुसार खडकालाई थप कारवाहीको लागि आइतवार सम्पत्ती शुद्धिकरण विभागमा बुझाइनेछ । खडकाको विरुद्ध अकुद सम्पत्ति कमाएको विषयमा मुद्दा परेपछि प्रहरीले पक्राउ गरेर विभागमा बुझाउने भएको छ ।गत साउनमा पक्राउ परेका खडकालाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले रामेछापले पुर्पपक्षको लागि जेल पठाउने फैसला गरेको थियो । उक्त फैसलाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटकमा मुद्दा दायर गरेका थिए । अदालतले खडकाको पक्षमा फैसला गरेसँग पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका छन् । पक्राउ परेका खडकालाई जिल्ला प्रहरी कार्यालय मन्थलीको हिरासतमा राखिएको छ ।खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको छ ।

Shares

Be the first to comment on "रिहा भएका गाँउपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ"

Leave a comment

Your email address will not be published.


*