‘रिभर अफ द वर्ल्ड चित्र कला तथा फोटो प्रदर्शनी’ सुरु

चरिकोट– वैतेश्वर गाँउपालिका ३ जना यूवा अहिले चित्रकलाको माध्यमबाट कला साहित्य चिनाउने अभियान लागेका छन । त्यो अभियान सो गाँउपालिका १ का कैलास श्रेष्ठले गौरीशंकर क्याम्पसबाट सोमबारबाट शुरु गरेका छन । यो अभियान शुरु गर्दै उनीे साहित्यको “सर्जकको धनी कला ,साहित्यको धनी , प्राकृतीकको धनी भनेर दोलखालाई चिनाउनु पर्दछ ” भनेर वर्णन गर्छन । त्यसैगरी “सुन्दा र देख्दा आनन्द आएझैँ यस्को महत्त्व पनि जगतका सजीव तथा निर्जीव वस्तुको लागि उतिकै छ ।” भन्दै उनले बिहान ११ बजे चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पको प्रांगणमा उनले ९ वटा बिद्यालयबाट सहभागी भएका ५३ जना विद्यार्थीहरुलाई खोलाको महत्व दर्साउने चित्र देखाउदै त्यस वारे वर्णन गरे । बिद्यार्थीहरु पनि कलाकार श्रेष्ठकोे कुरा ध्यान दिएर सुन्दै थिए । चित्रकला अध्ययन पश्चात् आफुहरुले पनि खोलाको महत्व दर्शाउने चित्र कोर्नु पर्ने उनले बताए । कलाकार श्रेष्ठको पहलमा ब्रिटिस काउन्सिलको संयोजन र गौरीशंकर क्याम्पसको आयोजनमा ‘रिभर अफ द वर्ल्ड चित्र कला तथा फोटो प्रदर्शनी’ कार्यक्रम सोमबार देखी देखि चरिकोटमा भएको हो । बुधबारसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले गरे । पाठकले चित्रकलाले सिर्जनालाई प्राथमिकता दिने र गलत सिकाइलाई निरुत्साहित गर्ने भएकाले सबैको लागि उपयोगी रहेको बताए । रिभर अफ दि वर्ल्ड,थेम्स फेस्टिबल, ब्रिटिस काउन्सिलको मातहतको प्रोजेक्ट हो। यस्ले बिश्वभरिबाट हरेक वर्ष ६ वटा देश छान्ने गर्छ। गत वर्ष नेपाल पनि छनोटमा परेको हो। दुइ वर्षको प्रोजेक्ट भएकोले यो वर्ष नि निरन्तर छ। यो आर्ट र एजुके प्रोजेक्ट भएकोले सञ्चालनका लागि भिजियोल आर्टमा मास्टर डिग्री गरेका कैलाश कुमार श्रेष्ठ छनोटमा परेका हुन ।

Shares

Be the first to comment on "‘रिभर अफ द वर्ल्ड चित्र कला तथा फोटो प्रदर्शनी’ सुरु"

Leave a comment

Your email address will not be published.


*