रितबहादुर स्मृृति भलिवल प्रतियोगिता फागुन २१ गते बाट

चरिकोट(दीस)ः फागुन २१ गतेबाट सदरमुकाम चरिकोटमा प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका स्तरीय रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको अयोजना गरिने भएको छ । दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता आयोजना गरिने भएको हो ।
यो प्रतियोगिता दोलखाको हालसम्मकै सबै भन्दा ठूलो धनराशि पुरस्कार रहेको प्रतियोगिता हुने रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताका खेल संयोजक नवराज अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख एकाउन्न हजार, द्वितीय हुने टिमले एक लाख एकाउन्न हजार, तृतीय हुने टिमलेएकाउन्न हजार र सान्त्वना पुरस्कार एक्काइस हजार नगद, मेलड,ट्रफी, तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "रितबहादुर स्मृृति भलिवल प्रतियोगिता फागुन २१ गते बाट"

Leave a comment

Your email address will not be published.


*