राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा जिल्लाको संयोजकमा दिनेश बस्नेत चयन

चरिकोट (दीस) ः राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा जिल्लाको संयोजकमा दोलखाका सफल व्यवसायी दिनेश बस्नेत चयन हुनु भएको छ । आज चरिकोटमा भएको प्रथम भेलाले उहाँलाई संयोजकमा चयन गरेको हो । यस अघिका दोलखाका संयोजक पुर्ण बहादुर तामाङ कार्यव्यस्ताको कारण राजीनामा दिएसँगै आज चरिकोटमा भएको प्रथम भेलाले उहाँलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले जनाएको छ ।भेलाले रमेश श्रेष्ठलाई सचिबमा चयन गरेकोछ । हाल जिल्ला कमिटीमा २७ जना रहेका छन् । जसमा ११ जना सचिवालय सदस्यमा रहेको पनि सो पाटीले जनाएको छ ।.

Shares

Be the first to comment on "राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा जिल्लाको संयोजकमा दिनेश बस्नेत चयन"

Leave a comment

Your email address will not be published.


*