राष्ट्रिय सहकारी बैकले ग¥यो दोलखामा अन्तरक्रिया

वलराम के.सी

चरिकोट–राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि उप्रेतीले दिगो लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्था दिगो हुनुपर्ने र त्यसका लागि संस्थाका सदस्यहरु दिगो रहनुपर्ने बताएका छन ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड.शाखा कार्यालय चरिकोट दोलखाको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक दिने राष्ट्रिय सहकारी बैंक र सदस्य संघ÷संस्थाहरु विच अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन । सहकारी संस्थाहरु उत्पादनशिल क्षेत्रमा काम गर्नु पर्ने बताउदै उनले अब सहकारीहरु पुर्वाधार विकासको काममा समेत अग्रसर हुनुपर्ने उप्रेतीले बताए ।


त्यस्तै बैंकका संञ्चालक केदार मानान्धरले सहकारी संस्थाहरु सहकारी ऐन तथा सहकारी नियमावलि अनुसार संञ्चालन हुन अनुरोध गरे । उनले सहकारी संस्थाहरु उत्पादनसिल क्षेत्रमा लाग्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष एव संञ्चालक ज्ञान बहादुर तमाङले नेपालमा सहकारी संस्थाहरुको संख्यात्मक बृद्धी धेरै हुदै गएकोले सहकारी संस्थाहरुमा एकिकरणमा जोड दिनु पर्ने बताए । कार्यक्रममा बैंकका सेवा र भावी योजना सम्बन्धमा बैंकका चरिकोट शाखाका प्रमुख हेमन्त चौलागाईले प्रस्तुतिकरण दिएका थिए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका संञ्चालक एंव ३ नम्बर प्रदेशका संयोजक ज्ञान बहादुर तामाङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा दोलखा जिल्लाका विभिन्न सहकारी संघ÷संस्थाका अध्यक्ष एंवम पदाधिकारी, संञ्चालक तथ कर्मचारीहरुको सहभागिता रहेको थियो । उपस्थित सहभागिहरुले बैकले आगामि दिनमा गैर बैकिङ कार्यहरुको साथै विभिन्न कार्यक्रम संञ्चालन गर्न आग्रह गरेका थिए ।


कार्यक्रममा दोलखा जिल्लाका विभिन्न सहकारी संघ÷संस्थाहरुवाट ६० भन्दा बढ़ी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।



राष्ट्रिय सहकारी बैक लि.दोलखा शाखा स्थानान्तरण
राष्ट्रिय सहकारी बैकलि.को शाखा कार्यालय दोलखा नयाँ स्थानमा सरेको छ । दोलखा सदरमुकाम चरिकोटमा स्थित सातदोबाटोमा रहेको बैंकको शाखा चरिकोट बिचबजार स्थित नेपाल बैक भएको घरको दोस्रो तलामा स्थानान्तरण भएको छ । स्थानान्तरण भएको नयाँ कार्यालयको राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि उप्रतिले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममाजिल्ला समन्वय समिति दोलखाकाप्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत के.सी, बैकका संचालाकहरु ज्ञान बहादुर तमाङ, केदार मानान्धर, जिल्ला सहकारी संघ, विषयगत संघ÷संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "राष्ट्रिय सहकारी बैकले ग¥यो दोलखामा अन्तरक्रिया"

Leave a comment

Your email address will not be published.


*