राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला अधिवेशन भाद्र २२ र २३ गते हुने

चरिकोट (दीस) : एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला अधिवेशन भाद्र २२ र २३ गते हुने भएको छ । शनिबार सदरमुकाम चरिकोटमा बसेको युवा संघ दोलखाको बैठकले वडा देखि जिल्ला अधिवेशनको समय तोकेको हो ।

साउन मसान्तसम्म ७४ वटै  वडाको वडा अधिवेशन, भाद्र १२ गतेसम्म २ नगरपालिका र ७ गाउँपालिका गरेर ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको युवा संघ दोलखाका प्रबक्ता सराेज बस्नेतले जानकारी दिनु भयाे ।

शनिवार जिल्ला अध्यक्ष भुवन गुरुङको अध्यक्षतामा सप्पन्न बैठकमा  राष्ट्रिय युवा सघ नेपालको केन्द्रिय उपाध्यक्ष सिता सुवेदी, केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, युवा संघ दोलखाको सह-इन्चार्ज धिरज सुवेदी, युवा संघ  बागमती प्रदेश सचिव राजु तिवारी, नेकपा एमाले दोलखाका अध्यक्ष नर ब श्रेष्ठको लगायतको उपस्थितमा बैठक सप्पन्न भएको उहाँले बताउनु भयाे ।

अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा हुने युवा संघ दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला अधिवेशन भाद्र २२ र २३ गते हुने"

Leave a comment

Your email address will not be published.


*