राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाद्धारा एक गुम्बा मर्मत सम्भार

ईश्वर बिश्वकर्मा
मकैबारी, असार २४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार दोलखाले एक गुम्बाको मर्मत सम्भार गरेको छ ।
भीममेश्वर नगरपालिका ७ मकैबारीमा रहेको बौद्धधर्मको आस्थाको केन्द्र माप्चे तमाङ गुम्बाको पेटि र पर्खाललगायतका काम प्राधिकरणको अनुदानबाट मर्मत सम्भार गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर मनिष प्रसाद केशरीले बताए ।
२० वर्ष पुरानो माप्चे तमाङ गुम्बा २०७२ को भुकम्पले आशिंक क्षति पु¥याएको थियो । गुम्बाको गारामा चिरा परेको र त्यसको मर्मत सम्भार गरिएको गुम्बाका प्रमुख लामा निमा लामाले बताए ।
गुम्बाको पाहुना घर निर्माण र रङरोगन लगायतका कार्य अझै बाँकी रहेको र सोको चाडैँ मर्मत गरिने लामाले बताए । गुम्बाका लागि पाहुना घरपनि निर्माणधिन अवस्थामा रहेको छ । जसको एक ढलान गरिएसकिएको उनले बताए ।
दोलखामा पुनर्निर्माणका लागि ७६ र मर्मतसम्भारका लागि १० वटा गुम्बा छनौट भएता पनि जिल्ला आयोजना कार्यान्वयन इकाइ तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरण दोलखाले एक वटा मात्र गुम्बा मर्मत सम्भार भएको हो । गुम्बाहरुको ग्रेडिङ गर्न र गुम्बा सम्बन्धी आवश्यक अन्य कार्य गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाईले समय लगाएपछि दोलखा लगायतका विभिन्न जिल्लाको पुननिर्माण गर्न ढिला भएको हो ।

दोलखामा गुम्बा मर्मत सम्भारकालागि गत जेठ महिनामा अनुदान प्राप्त भएको र गुम्बा पुननिर्माणको कार्य अघि बढेको छ । अन्य गुम्बाहरुको पुनर्निमाण आउने आर्थिक वर्षमा गरिने उनले बताए ।

उनका अनुसार दोलखामा गुम्बाको क्षतिको अवस्थाअनुरुप १, २, ३, ४, ५ ग्रेडमा गुम्बाहरुको बर्गिकरण गरिएको छ । १,२,३ ग्रेडमा वर्गिकृत गुम्बा आशिंक क्षति भएका गुम्बाहरु परेका छन् भने सो ग्रेडमा परेका गुम्बाहरु दोलखामा १० वटा रहेका छन् । ति १० वटा गुम्बाको मर्मत सम्भारका लागि लागत निरिक्षण भईरहेको र मर्मत सम्भारका लागि पक्रिया अघि बढेको छ । त्यस्तै ४ र ५ ग्रेडमा परेका गुम्बाहरु पुर्णरुपमा क्षति भएको र आगामी आर्थिक बर्षमा पुनर्निर्माणका लागि पक्रिया अघि बढाइने केशरीले बताए ।

Shares

Be the first to comment on "राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाद्धारा एक गुम्बा मर्मत सम्भार"

Leave a comment

Your email address will not be published.


*