राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडिबीच अन्तक्र्रिया

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खोलाडि विच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिवार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साउथ एशियन गेममा एथलेटिक्स तर्फ स्वर्णपदक विजेता विजेता सन्तोषी श्रेष्ठ तथा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेताहरुले सहभागीहरुसँग अन्तक्र्रिया गर्नु भएको थियो । विभिन्न विद्यालयहरुबाट सहभागी छात्र छात्रा तथा अन्य महानुभावहरुले उहाँहरुसँग खेलकुदका वारेमा विभिन्न जज्ञासा राख्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नारायण प्रसाद सेढाई, सशस्त्र प्रहरीबलका डिएसपी द्वारिका केसी लगायतको उपस्थिति रहेको थियो । अन्तक्र्रिया जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरी शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडिबीच अन्तक्र्रिया"

Leave a comment

Your email address will not be published.


*