राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चरिकोट (दीस) ः दोलखामा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। दोलखाको सिंगटीमा सुरुमा प्रतियोगिताको प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धर, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकर, तामाकोशी गाँउपालिकाका उपप्रमुख सृजना सुवेदी, विगु गाँउपालिकाका पूर्व प्रमुख युधिष्ठीर खड्का, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु जिल्ला खेलकुद दोलखाका अध्यक्ष रामहरी शिवाकोटीले जानकारी दिनुभयो । मंगलबारदेखी सुरु भएको प्रतियोगिता १३ गते समापन हुने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*