“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट तीन जना कृषक सम्मानित

चरिकोट (दीस) ः दोलखाका तीन जना कृषक “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट सम्मानित हुनु भएको छ । मंगलबार चरिकोटमा विश्व खाद्य दिवसको अबसरमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनु हुने कृषकहरुमा बंगुर पालन तर्फ शान्त जिरेल ,नगदेवाली तथा पशुपालनमा विश्वनाथ खड्का र मौरी पालनतर्फ विशाल खड्का सम्मानित हुनु भएको हो । उहाँहरुलाई नगद १५ हजार रुपैँया , प्रमाणपत्र , दोसल्ला ओढाई सम्मान गरिएको थियो । उहाँहरुलाई जिसस प्रमुख बर्जुराम घतानी र दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सम्मान गर्नु भएको थियो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पुरस्कार लागि सुचना प्रकाशन गरेको र ११ जनाले पुरस्कारका लागि आवेदन दिनु भएकोमा ३ जना छनोट हुनु भएको केन्द्रका प्रमुख डाक्टर ज्ञान बहादुर जिरेललेले बताउनु भयो । जिल्ला समन्वय समिति नेतृत्वको टोलीले अनुगमन गरी ३ जनालाई छनोट गरेको उहाँको भनाइरहेको छ । कार्यक्रममा आफ्नो मन्तब्य व्यतm गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले कृषिमा यूवाको आकर्षण बढाउन नसेकमा विस्तारै जग्गा मरुभूमीमा परिणत हुने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले देशको विकासको लागि उत्पादन जोड दिनु पर्ने बताउनु भयो । यो पुरस्कार बर्षेनी खाद्य दिवसको अबसरमा वितरण गर्ने गरिएको केन्द्रका डाक्टर धुव्रहरी डिसीले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट तीन जना कृषक सम्मानित"

Leave a comment

Your email address will not be published.


*