राम बहादुर घिसिङ्को सत्रौँ स्मृति दिवस मनाइयो

चरिकोट (दीस) –राम बहादुर घिसिङ्गको सत्रौँ स्मृति दिवस मनाइएको छ । १७ बर्ष अघि तत्कालिन नेकपा माओवादीद्धारा मारिएका घिसिङ स्मृती दिवसको अवसरमा वोल्दै नेकपा प्रदेश नम्बर ३ का सदस्य बसन्त कार्कीले घिसिङको नेपाली कम्युनिष्ट आन्दोलनमा ठुलो भुमिका रहेको बताए । “आजसम्म उनको हत्या कसरी , किन र के कारण हत्या भयो, आजसम्म पुस्टी हुनसकेको छैन” कार्कीले भने । “पिडा भोग्ने र पिडा दिने दुई पार्टीहरुको ब्यापक एकताले गाँउ तहसम्म जनतामा उत्साह थपिएको छ ,तर परिवार र शुभचिन्तकहरुको मनमा मल्हम लाग्न सकेको छैन ”कार्कीले भने । घिसिङ तत्कालिन काटाकुटी गाविसका उपाध्यक्षमा नेकपा एमाले विजयी भएका थिए । कार्यक्रममा शैलुङ गाँउपालिका नेकपाका अध्यक्ष थिर बहादुर मोक्तान ,सदस्य नेत्र मोक्तान राम्जी घिसिङ, धुर्व श्रेष्ठ, भरत ढुङ्गेल, गणेश ब. कार्की, लाल माया योन्जन लगायतले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

https://www.youtube.com/channel/UCcMt5dQWYcutXrZb8DO5_PQ?view_as=subscriber

Shares

Be the first to comment on "राम बहादुर घिसिङ्को सत्रौँ स्मृति दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*