रामेछाप (दीस) ः नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन आगामी बैशाखमा हुने भएको छ । विहिबार सो पार्टीको मन्थलीमा बसेको १० औँ पूर्ण बैठकले बैशाख २६, २७ र २८ गतेसम्म ३ दिन अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । बैठकले बैशाख १५ गते सबै वडा र आठवटै पालिकामा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । रामेछाप जिल्लामा ९ हजार ३३ जना पार्टी सदस्य रहेको एमाले रामेछापले जनाएको छ । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, संगठन विभाग सचिव माधव ढुङ्गेल लगायतका नेता सहभागिता रहेको थियो ।
रामेछाप एमालेको नवौँ जिल्ला अधिवेशन बैशाखमा हुने
Posted By: दीक्षण दैनिक २३ चैत्र २०८०, शुक्रबार १७:३१
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार ०८:०२
Be the first to comment on "रामेछाप एमालेको नवौँ जिल्ला अधिवेशन बैशाखमा हुने"