रामेछाप उद्योग बाणिज्य संघको अध्यक्षमा घिमिरे विजयी

रामेछाप–उद्योग बाणिज्य संघ रामेछापको अध्यक्षमा केशव प्रसाद घिमिरे विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट उम्मदेवारी दिएका घिमिरेले नेकपाबाट उम्मेदवारी दिएका जगन्नाथ दाहाललाई ९ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । दाहालले ४ सय ७७ मत ल्याउँदा ४ सय ८६ मत ल्याएर घिमिरे अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यहरुमा भने नेकपाले बर्चस्व कायम गरेको छ । लोकतान्त्रिक प्यानलबाट सदस्यमा यज्ञ सुवेदी विजयी भएका छन् भने अन्य पदाधिकारीहरु नेकपाको प्यानलबाट विजयी भएका छन् ।
विजयी हुने अन्य पदाधिकारीहरुमा नेकपा प्यालनबाट वरिष्ठ उपाध्यक्ष नविन थापा मगर, बाणिज्य उपाध्यक्ष–दामोदर थापा, उद्योग उपाध्यक्ष भिमसेन थापा, महासचिव नवराज ढुङ्गेल, सचिव–सुरेश उदास, कोषाध्यक्ष पवन कुमार कठेत, महिला सदस्यमा जया सुवेदी निर्वाचित भएका छन् भने आजिवन सदस्यमा आकाश रिजार विजयी भएका छन् । त्यसैगरी खुल्ला सदस्यमा किश्वर पौडेल, कुमार श्रेष्ठ, राजु थापा र सुमिका श्रेष्ठ निर्वाचित भएका छन्

Shares

Be the first to comment on "रामेछाप उद्योग बाणिज्य संघको अध्यक्षमा घिमिरे विजयी"

Leave a comment

Your email address will not be published.


*