रामेछापमा ट्रिपरले ठक्कर दिदाँ दोलखाका एक युवकको मृत्यु

चरिकोट (दीस) – रामेछापको गोकुलगंगा गाउँपालिकामा ट्रिपरको ठक्करबाट दोलखाको जिरी नगरपालिकाका ८ का एक जनाको मृत्यु भएको छ ।ठक्करबाट मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय मिलन खत्रीको मृत्यु रहेको प्रहरी बताएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिकाको ठोसे बजारस्थित ग २ ख ०१७८ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।घाइते खत्रीको उपचार गर्न काठमाडौ लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

Shares

Be the first to comment on "रामेछापमा ट्रिपरले ठक्कर दिदाँ दोलखाका एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*