रामेछापको जिसस प्रमुखमा नेपाली कांग्रेसकी कार्की र उपप्रमुखमा माओवादी केन्द्रका थापा विजयी

रामेछाप (दीस) – जिल्ला समन्वय समिति रामेछापमा सत्ता गठबन्धन विजयी भएको छ। आइतवार भएको निर्वाचनमा जिससको प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का कार्की र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ । मुख्य निर्वाचन कार्यालय रामेछापका ९ सदस्सीय जिल्ला समन्वय समितिमा कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट ५ जना विजयी हुनु भएको छ । निर्वाचित हुने सदस्यमा बाबुलाल योन्जन ,अनिषा माझी र बीरबहादुर कार्की नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको छ । त्यसैगरी माओवादी केन्द्रबाट हीराकुमारी गिरी ,डम्बरकुमारी रसाइली बिन्दा सार्की र बिक्रम थापामगर सदस्यमा निर्वाचित हुनु भएको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Shares

Be the first to comment on "रामेछापको जिसस प्रमुखमा नेपाली कांग्रेसकी कार्की र उपप्रमुखमा माओवादी केन्द्रका थापा विजयी"

Leave a comment

Your email address will not be published.


*