राप्रपा दोलखा आफ्नो संगठन अभियान मजबुत बनाउदै

चरिकोट(दीस) – राप्रपा दोलखा आफ्नो संगठन अभियानमा बलियो बनाउन तिब्र तरिकाले लागेको छ । आफ्नो संगठन बलियो अभियानमा लागेको राप्रपाको आज जिल्ला अधिबेशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सोमबार उद्धघाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमसेर राणाले पार्टीमा फुटन नहुने बताउनु भएको छ । उहाँले राप्रपा बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उदाइरहेको बताउनु भयो । “राप्रपा कम्युनिष्ट र नेपाली काँग्रेसभन्दा फरक विचारधारा बनाएर हिँडेको छ , अधिबेशनमा ब्यत्ति–ब्यक्ति विच प्रतिश्पर्धा हुन सक्ने तर पार्टी फुट्छकि भन्ने चिन्ता नलिन कार्यकर्ताहरुलाई आग्रह गर्दछु” राणाले भन्नु भयो ।
यस्तै अध्यक्ष राणाले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताउनु भयो । उहाँले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताउनु भयो । उहाँले राप्रपा सत्तामा नपुगी देश अगाडि बढ्न नसक्ने उहाँको भनाई रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता बुद्धिमान तामाङले पार्टीले केही महिना पछि राज संस्थाको पुर्नस्थापना र हिन्दु राज्य स्थापनाको मुद्धा लिएर देश भर जागरण अभियान गरिने बताउनु भयो । उहाँले देशमा राप्रपा सबै भन्दा राष्ट्रवादी पार्टी भएको बताउनु भयो । उहाँले चैत्र देखी राप्रपाले आफ्ना मुद्धा स्थापीत गर्न आन्दोलन गर्ने बताउनु भयो । स्थानीय तहको निर्वाचन आउन केही महिनाम बाँकी रहेकोले त्यसको तयारीमा लाग्न कार्यक्रतालाई निर्देशन दिनु भयो । राजेन्द्र लिङ्देनले नेपालमा सम्बैधानिक राजतन्त्रको आवश्यकता तथा राप्रपाको सांगठनिक सुदृढीकरणमा जोड दिनु भएको थियो । अव देश विकास गर्न राप्रपा बैकल्पीक शक्तिको रुपमा उदाउने उहाँको भनाई रहेको छ ।
अधिवेशन उद्धघाटन सत्र राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।
उद्धघाटन सत्रमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । आजै बस्ने बन्द सत्रले नयाँ नेतृत्व सहित केन्द्रीय प्रतिनिधिहरुको चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "राप्रपा दोलखा आफ्नो संगठन अभियान मजबुत बनाउदै"

Leave a comment

Your email address will not be published.


*