राप्रपा दोलखाद्वारा विरोध सभाको आयोजना

श्रावण,१८
चरिकोट,
राष्ट्रिय प्रजातन्त्र पाटी दोलखाले विभिन्न माग राखी सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ । बुधवार राप्रपाले सरदमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको हो ।
नगारिकता विधेयकको खारेजी, महंगी नियन्त्रण तथा भ्रष्टाचार अन्त्यको माग राख्दै राप्रपा दोलखाले विरोध सभाको आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए ।
विरोध सभा अघि निकालिएको विरोध जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रघाती नगरिकता विधेयक खारेज, महंगी नियन्त्रण, भ्रष्टाचार अन्त्य नगरेसम्म राप्रपाको आन्दोलन जारी रहने बताए ।

Shares

Be the first to comment on "राप्रपा दोलखाद्वारा विरोध सभाको आयोजना"

Leave a comment

Your email address will not be published.


*