राप्रपा दोलखाद्धारा चरिकोटमा विरोध सभा

चरिकोट (दीस) –सरकारले संसद विघटन गरेर गै¥ह संबैधानिक कदम चालेको भन्दै पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसर पारेर राप्रपा दोलखाले आज चरिकोटमा विरोध सभा गरेको छ । सातदोबाटोमा भएको सभामा राप्रपाका नेताले सरकारले संसद विघटन गरेर संबैधानिक “क”ु गरेको बताएका थिए । कार्यक्रममा बोल्दै राप्रपा दोलखाका अध्यक्ष राजन शिबाकोटीले सरकारले गरेकाे  संसद विघटन विरुद्ध दोलखामा राप्रपाले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताए । जनता अहिले हिन्दूराष्टको पक्षमा रहेको अगामी निर्वाचनमा राप्रपा बैकल्पिक शक्तिको रुपमा जनमत ल्याउने उनले दाबी गरे । कार्यक्रममा जिल्लाबाट केन्द्रमा रहेका नेताले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । विरोध सभा अघि राप्रपाले चरिकोट बजारमा सय भन्दा बढी संख्यामा मोटर साइक ¥याली निकालेको थियो । त्यस ¥यालीमा राप्रपाका नेता तथा कार्यक्रता सहभागि भएका थिए । राप्रपाले सभामा जिल्लाबाट आफ्ना नेता तथा कार्यक्रतालाई सदरमुकाम चरिकोटमा उतारेको थियो ।

 

Shares

Be the first to comment on "राप्रपा दोलखाद्धारा चरिकोटमा विरोध सभा"

Leave a comment

Your email address will not be published.


*