राप्रपा दोलखाको संयोजकमा शिवाकोटी चयन

असोज २१, चरिकोट । नेपालको अर्को प्रजातान्त्रिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दोलखाको समायोजन भेलाले बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। समायोजन भेलाले राजनबहादुर शिवाकोटीको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कार्यसमिति दोलखाको गठन गरेको छ ।केही समयअघि केन्द्रीय समितिको समायोजन भए पछि जिल्ला जिल्लाको समायोजन कार्यतालिकाअनुसार बुधबार दोलखास्थित दुबै पार्टीको समायोजन भेला सम्पन्न भएको हो ।भेलाले बलबहादुर तामाङ र नवराज श्रेष्ठलाई सहसंयोजकमा चयन गरेको छ । ३ महिनापछि जिल्ला अधिवेसन गर्ने छ ।राप्रपाका सम्पूर्ण नेता तथा कार्यकताहरुलाई एकताको मालामा उन्दै समग्र प्रजातान्त्रिक शक्तिहरुलाई एकीकृत गरी समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने राप्रपा दोलखाका संयोजक शिवाकोटीले बताए ।

Shares

Be the first to comment on "राप्रपा दोलखाको संयोजकमा शिवाकोटी चयन"

Leave a comment

Your email address will not be published.


*