राप्रपा दोलखाको घरदैलो अभियान सुरु

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, चैत्र २८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाले चुनाव केन्द्रीत अभियान सुरु गरेको छ । हलो चिन्हमा मतदान गर्न आह्वान गर्दै सोमबार चरिकोटबाट घरदैलो अभियान सुरु गरिएको छ । अभियानका लागि खटिनुभएका जिल्ला प्रतिनिधि एवं पार्टीका केन्द्रीय सदस्य भरत पाठक सहित जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागितामा अभियान सुरु गरिएको हो । पार्टीले सुरु गरेको घरदैलो कार्यक्रम तथा ¥याली चरिकोट बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले आसन्न स्थानीय तहको चुनावमा राप्रपाले जित्ने दाबी गर्नुभयो । उहाँले देशले मुहार फेर्न नसकिरहेको अवस्थामा राप्रपाले अब देशको मुहार फेर्ने अभिभारा लिने बेला आएको सुनाउनुभयो । राप्रपा दोलखाका अध्यक्ष राजन शिवाकोटीले गाउँगाउँ र घरघरमा अभियान पु¥याइने र चुनावमा जित हासिल गरिने बताउनुभयो ।


उम्मेद्वार छनोट गरिदैँ
२०७४ को स्थानीय तहको चुनावमा दोलखामा राप्रपाबाट उम्मेद्वारी निकै कम परेको थियो । तर एक वटामा पनि जित हासिल गर्न सकिएन । यो पटक भने ९ वटै पालिका र ७४ वटै वडामा जित्ने योजनाको उम्मेद्वारी दिन लागिएको अध्यक्ष शिवाकोटीले बताउनुभयो । ”गएको चुनाव थोरै ठाउँबाट उम्मेद्वारी परेको थियो । यो पटक भने सबै ठाउँबाट चुनाव लड्न आकांक्षीहरु देखिएका छन् । उनीहरुको छनौट कार्य भइरहेको छ ।“ उहाँले भन्नुभयो । भीमेश्वर नगरपालिका वडा नं. १, ४, ५ र ९ शैलुङ गाउँपालिकाको वडा नं. ८ मा सर्वसम्मत उम्मेद्वार छनौट गरिएको छ । पालिकाहरुमा पनि उम्मेद्वार छनौट पक्रिया भइरहेको अध्यक्ष शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो ”राप्रपाले कोहीसँग तालमेल नगर्ने केन्द्रीय समितिको नीति हो । सबै स्थानीय तहमा राप्रपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने छ ।“

 

Shares

Be the first to comment on "राप्रपा दोलखाको घरदैलो अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*