राजीनामा

केसबराज चौलागाई

राजीनाम त राजीनमै हो नि
तिम्ले मागेको राजीनाम
मैले मागेको राजीनामा
अाकाश जमीनको छ।
तिमलाई अाकाशको सवाल छ
मलाई जमीनको

तिम्रो सवाल फलको हो
मेरो बोटको
मेरो पीडा अचानोको
तिम्रो चोटको
अंशबन्डाको झगडा हो तिम्रो
पैतृक सम्पतिमा बाढी पसेको
पहिरोले पुरेको
सिरु मौलाएको
दुम्सीले राज गरेको
के मतलव तिम्लाई?
तिमी दरवारका लागि
म घरवारका लागि
राजीनामा त राजीनामै हो।

मिलेर लुट्यौ
उस्ले फुपुको श्राद्ध गर्दियो
पयस र अचारका लागि
तिमी राजीनामा माग्छौ
म ढुकुटी रक्षार्थ
सुत्ला च्यापदै गरेको वारीमा
ढोड खोसाखोस
म शंख फुक्दै छु
अनि पो बन्दुक पड्काउंदा रैछन मान्छेहरु
राजीनाम त राजीनामै हो नि

उ गाई मारेर गधा पोस्दै छ
तिमी भाइ मारेर ढाडिने दाउमा
उ पसिना पिउंछ
तिमी त झन रक्त भोगी
यो जीर्ण घरको के चासो तिम्लाई
केवल चुल्हो चाहिएको छ
मलाई बलियो घर चाहिएको छ।
छिमेक पोलीपखाली खाईसक्यो
तिमी उकेरा लाउंदै छौ
उस्ले ढुङ्गा उसिन्दै छ
खड्कुंलो ताना तानमा तिमी छौ
तिमी भान्साका लागि
राजीनामा भन्छौ
म भोका मान्छेका लागि
राजीनामा त राजीनामै हो।

जवसम्म हट्दैन मोतीया विन्दु
जवसम्म निकालिन्न कानेगुजी
निन्दामै हुनेछन भुईंमान्छेहरु
दूध नपसेका घोगाहरु
लुछालुछ हुनेछ
हारी नलागेका खोयाका लागि
राजीनामा माग्दै छौ
यो खोरियाको रक्षार्थ
बालीनाली र हरियाली वचाउन
तिमी सहितका सलहहरु राजीनाम देऊ।
राजीनामा त राजीनामै हो नि।

Shares

Be the first to comment on "राजीनामा"

Leave a comment

Your email address will not be published.


*