राजस्थानका सिलौटा चरिकोट बजारमा

चरिकोट(दीस)बर्दिवास नगरपालिका घर बताउने जयराम खबै अहिले ब्यापारको सिलशिलामा सदरमुकाम चरिकोट आइपुग्नु भएको छ । उहाँ राजस्थानी ढुङ्गाबाट बनेका कलात्मक घरायसी सामग्री विक्री गर्नकालागि दोलखा सदरमुकाम चरिकोट आई पुग्नु भएको हो । उमेरले पचास हाराहारीका जयरामको पुख्यौली पेशा ढुङ्गाका कलात्मक सिलौटो, लोहोरो , जाँतो सामग्री बनाई विक्री वितरण गर्नु हो । उहाँले विक्रीका लागि अहिले कलात्मक खालका सिलौटा तथा जाँतो चरिकोट ल्याउनु भएको छ । चरिकोटमात्र होइन रामेछाप सदरमुकाम मन्थली,ओखलढुङ्गा, सोलुसल्लेरी लगायतका ठाउँमा ब्यापारका लागि उहाँ पुग्नु भएको छ । आफूसँगै स्कुल जाने उमेरको छोरा जित खबै लाई पनि उहाँले साथै लिएर आउनु भएको छ । जयरामका अनुसार जीत खवै पनि लोहोरो बनाउन सक्ने भइसकेका छन् । “ढुङ्गा अलि ठूला ब्यापारीले भारतको राजस्थानबाट ल्याउँछन् ।” जयरामले भन्नुभयो“ हामीले त्यो ढुङ्गा खरिद गरेर कलात्मक बनाउने हो अनि विक्री गर्ने हो ।” ढुङ्गा खरिद गरेपछि निक्कै मिहिनेत साथ त्यसमा छिनोको प्रयोग गरी बुट्टा काटी कालो रङदली आकर्षक बनाएर विक्री गरिन्छ । जयरामका अनुसार राजस्थानी ढुङ्गा विशेष खालका बलिया अलि चिल्ला हुन्छन् । त्यसैले सिलौटो तथा जाँतो बनाउन यसको प्रयोग गरिन्छ । उहाँका अनुसार सिलौटोको मुल्य साइज हेरी पाँच सय देखि बाह्रसय सम्म पर्छ भने जाँतोको मूल्य चाहीँ सोह्र सय जति पर्दछ ।

Shares

Be the first to comment on "राजस्थानका सिलौटा चरिकोट बजारमा"

Leave a comment

Your email address will not be published.


*