रक्तदान कार्यक्रमको आयोजना

राजकुमार भुजेल, चरिकोटः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिबार सदरमुकाम चरिकोटमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम भएको हो ।
विगतवर्षहरु जस्तै वर्ष पनि संगठनले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दोलखाका सचिव शेखर थापाले दीक्षण राष्टिूय दैनिक लाई जानकारी दिनुभयो । कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखाका अध्यक्ष भुवन प्रधानको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटि दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त रक्तदान कार्यक्रममा पुरुष तर्फ २१ जना र महिला तर्फ १ जना गरी २२ जनाले रक्तदान गरेको सचिव थापाले बताए ।

Shares

Be the first to comment on "रक्तदान कार्यक्रमको आयोजना"

Leave a comment

Your email address will not be published.


*