यो ब्यवस्थालाई हामीले उपयोग मात्र गरेका हौंःबरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र

रिकोट(दीस)ः राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेको राजनैतिक ब्यवस्थाको आफूहरुले उपयोग मात्र गरेको बताउनु भएको छ । शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिश्रले उक्त कुरा बताउनु भएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा मिश्रले यो ब्यवस्था आफूहरुलाई अश्विकार्य हुँदा हुँदै पनि आफूहरुले ब्यवस्थालाई उपयोग गर्दै संघिय संसद र प्रदेश सभामा निर्वाचित भई आफ्ना एजेन्डा राख्दै आएको बताउनु भयो । प्रदेश सभाको सभामुख तथा मन्त्री पनि खाने अनि ब्यवस्थाको पनि विरोध गर्न दोहोरोमाप दण्ड भएन र ? भनी पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै मिश्रले सभामुख तथा मन्त्री पद लिए पनि आफूहरुले आफ्ना एजेन्डा सदनमा सशक्त रुपमा राख्दै आएको उहाँको भनाई थियो । “हाम्रा सांसदहरुले प्रदेश सभा देखि संघिय संसदसम्म यो ब्यवस्थाको खारेजीको माग गरिरहेका छन् ।” मिश्रले भन्नु भयो,“ हाम्रा एजेन्डाहरु स्थापित हुँदै गएका छन् । संबैधानिक राजतन्त्र तथा हिन्दुराष्टूको मागप्रति आम जनताको समर्थन बढ्दै गएको छ । हामी सडक तथा सदनबाट विरोध गरिरहेका छौ । ”
राजतन्त्रको पक्षमा निक्कै वकालत गरेका उपाध्यक्ष मिश्रले आफूले माओवादीको एउटा भनाई सापटी लिने गरेको बताउँदै ढाडमा टेक्नें र टाउकोमा हिर्काउने नीति लिएर यो ब्यवस्थाको भण्डाफोर गरी संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा स्थापना गर्न यो ब्यवस्थाको उपयोग गरेको बताउनुभयो । एक फरक प्रसंगमा आफू गल्तिलाई ढाकछोप गर्ने पक्षमा नरहेकोले विगतमा बैकल्पीक शक्तिको निक्कै वकालत गरेपनि त्यो गलत भएको मनन् गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको बताउनु भयो । देशमा संबैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्र आवश्यक भएकोले अबको केही समयमै यो ब्यवस्था समाप्त हुने अवस्थामा पुगेको उहाँको जिकीर थियो । चर्णावती धाममा लगाईएको महायज्ञमा पुगी राजधानी फर्कने क्रममा मिश्रले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

Shares

Be the first to comment on "यो ब्यवस्थालाई हामीले उपयोग मात्र गरेका हौंःबरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र"

Leave a comment

Your email address will not be published.


*