युवा सम्मेलनमा दोलखाबाट सात युवाले भाग लिन

राजकुमार भुजेल (निर), चरिकोटः मकवानपुरको हेटौंडामा हुने बागमती प्रदेशको प्रथम युवा सम्मेलन २०८० मा दोलखाबाट ७ जना युवाहरुले भाग लिने भएका छन् । प्रदेश युवा परिषद्ले असार ११ र १२ गते गर्न लागेको प्रदेश युवा सम्मेलनमा ७ जना युवाहरु छनौट भएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुरा सम्मेलनमा भागलिन छनोट भएका युवाहरुमा डेनिसा चौलागाईं, पम्फी भुजेल, प्रल्हाद खड्का, कुमार श्रेष्ठ, कमल थापा मगर,मनोज भण्डारी र उमा कुमारी भण्डारी रहनु भएको छ ।  । दीक्षण राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै राष्ट्र र समाज प्रतिको उत्तरदायित्व, नव प्रवर्तनको पहल, उद्यमशीलता प्रवर्धन र बलियो ब्यक्तित्व विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने छ । दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिने बताईएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोंचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नु हुने छ । सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ ।

Shares

Be the first to comment on "युवा सम्मेलनमा दोलखाबाट सात युवाले भाग लिन"

Leave a comment

Your email address will not be published.


*