युवा संघ दोलखाले ग¥यो बृक्षारोपण

दोलखा । राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीद्वारा संचालित एक महिने अभियान अन्तर्गत दोलखामा पनि वृक्षरोपण गरिएको छ ।

युवा संघ दोलखाले भिमेश्वर नगरपालिका -५ पिपलबोटमा एक सय वटा बिरुवा रोपेको हो। राष्ट्रिय युवा संघको  एक युवा पाँच विरुवा रोप्ने अभियान अन्तर्गत वृक्षरोपण गरिएको युवा संघ दोलखाका अध्यक्ष सरोज बस्नेतले बताए ।

वृक्षरोपण तथा वातावरण संरक्षण कार्यक्रम समुदायमा आवश्यक रहेको बताउदै अध्यक्ष बस्नेतले  यस्ता कार्यक्रमले जनचेतनामा समेत परिवर्तन ल्याउने बताए । आगामी दिनमा पनि यस्तै खालका बिभिन्न कार्यक्रम गर्ने योजमा रहेको युवा संघ दोलखाले जनाएको छ ।

युवा संघ जिल्ला कमिटी दोलखाको आयोजनामा भीमेश्वर नगरपालिका–५ पीपलबोटमा कपुर,धुपी लिची लगायत बिभिन्न किसिमका बिरुवा रोपिएको हो ।

संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने नाराकासाथ राष्ट्रिय युवा संघ नेपालले एक युवा पाँच विरुवा एक महिने वृक्षारोपण २०८१ अभियान सञ्चालनमा ल्याएको थियो ।

युवा संघको अभियानमा नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख हरि ओली, भिमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वासु श्रेष्ठ, पार्टीका वडा कमिटी, अनेरास्ववियू, युवा संघका केन्द्रीय सदस्य भुवन गुरुङलगायतका उपस्थिति रहेका थिए ।

Shares

Be the first to comment on "युवा संघ दोलखाले ग¥यो बृक्षारोपण"

Leave a comment

Your email address will not be published.


*