युवा व्यवसायीले ल्याए ः चरिकोटमा ‘सुपरमार्ट’ सुपरनाइन मार्ट सञ्चालनमा

चरिकोट – दोलखामा पहिलो पटक ‘सुपरमार्ट’ सुपरनाइन मार्ट सञ्चालनमा आएको छ । सदरमुकाम चरिकोटको अदिती कम्लेक्समा आजबाट मार्ट संन्चालनमा आएको हो । मार्टको भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले उद्धघाटन गरेका छन । उद्धघाटन पछि बोल्दै मेयर के.सीले मार्टलाई व्यसायीक सफलताको शुभकामना दिए । उद्धघाटन कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , प्रहरी प्रमुख रेवती रमण पोखरेल, सशस्त्र प्रहरी प्रमुख मोहन बस्नेत तथा स्थानीय जनप्रतिनिधी तथा स्थानीयको सहभागिता रहेको थियो ।

दोलखाका यूवा व्यवसायीको लगानीमा सञ्चालनमा आएको मार्टको लागत डेड करोडमा रुपैयाँ रहेको जनाइएको छ ।

बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सबै सामाग्रीहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको व्यवसायी दोलखा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सुन्दर कार्कीले बताए । दोलखामा बजार विस्तारसँगै मार्टको आबस्यक रहेको सवैको माग आएकोले मार्ट स्थापना गरिएको कार्कीले बताए ।

मार्टलाई दोलखाका नौ ओटै स्थानीय तहमा शाखा विस्तार गर्ने उद्धेश्य रहेको बताए । त्यति मात्र हैन, मार्ट मार्फत दोलखामा उत्पादन भएका घरेलु सामाग्रीहरुलाई समेत प्रवद्र्धन गर्ने उद्धेश्यले कोशेली घर समेत राखिएको अर्का व्यवसायी सुरेश उप्रेतीले बताए । घरमा चाहिने सवै सामान मार्टमा पाइने पनि उप्रेतीको भनाई रहेको छ ।

दोलखा घुम्न आउने पर्यटकहरुले दोलखाको कोशेली स्वरुप त्यहाँ उत्पादन भएका घरेलु सामाग्रीहरु सुपथमुल्यमा लिन पाउने छन् ।

मार्टको सञ्चालकहरुमा सुन्दर कार्की , दिनेश बस्नेत, बलराम थापा, दिनेश पाठक, सुरेश उप्रेती, श्यामकृष्ण कायस्थ, शंकर अधिकारी, हिमाल न्यौपाने र राजन थापा रहेका छन् ।

Shares

Be the first to comment on "युवा व्यवसायीले ल्याए ः चरिकोटमा ‘सुपरमार्ट’ सुपरनाइन मार्ट सञ्चालनमा"

Leave a comment

Your email address will not be published.


*