यात्रुलाई सहायता कक्ष

इश्वर बिश्वकर्मा /चरिकोट– दोलखा सदरमुकाम चरिकोटमा चाडपर्वको बेला यात्रु ठगिनबाट जोगाउन यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको चाड दशैँ र तिहारलाई मध्यनजर गरी भीमेश्वर नगरपालिका–६ स्थित सातदोबाटोमा कक्ष सञ्चालन गरिएको हो । वडाध्यक्ष नवीन लामा, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइराला, ट्राफिक कार्यालय प्रमुख प्रहरी प्रमुख भानुभक्त नेपाल र यातायात व्यवासायीको उपस्थितिमा मंगलबारदेखि सहायता कक्ष औपचारिक रुपमा सञ्चालमा ल्याइएको बताइएको छ । चाडपर्वमा सवारी साधनको चाप र यात्रुको चाप पनि बढ्छ । यस्तो अवस्थामा विभिन्न जोखिमका साथै यात्रु ठगिने श्रृङ्खला हुने सम्भावना हुन्छ । यस्तो अवस्था पैदा नहोस् र यात्रुलाई सहज होस् भन्ने प्रमुख उद्धेश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय प्रमुख नेपालले बताउनुभयो । यात्रुहरुले यात्राको क्रममा भोगेको समस्या, गुनासोको बारेमा यात्रु सहायता कक्षमा राख्न सक्ने छन् । ती गुनासोको तत्काल सम्बोधन गरिने छ । गत वर्षहरुमा यात्रु ठगिएको भन्ने गुनासो अत्याधिक आएको थियो । त्यो स्थिति यो वर्ष नदोहोरियोस् भन्ने सबैको चाहना अनुरुप यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई सहयोग गर्न थालिएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीको प्रमुख कर्तव्य ट्राफिक व्यवस्थापन हो । त्यसैगरी यात्रुलाई सहज होस् भन्ने पनि हो । त्यसैले चाडपर्वको बेलामा ट्राफिक अनुगमनलाई व्यापक बनाइने र यात्रुको गुनासो सम्बोधनको प्रयास गरिने बताउनुभयो ।

Shares

Be the first to comment on "यात्रुलाई सहायता कक्ष"

Leave a comment

Your email address will not be published.


*