यस्तो छ सुन्दर कार्कीको प्यानलको घोषणा पत्र

हार्दिक अपिल

निकै लामो प्रयत्नपछि दोलखा उद्योग वाणिज्य संघका सदस्यले लोकतान्त्रिक विधिले मतदान प्रकृयामा भाग लिन पाउने अवस्था सिर्जना भएको छ । अवरोध, जालझेल, जवरजस्तीका बीच ताजा नेतृत्वका लागि चुनावी प्रकृयामा ल्याउन सक्नुलाई हामीले ठूलो सफलता ठानेका छौं ।
उद्योगी, व्यवसायीका सुविधा र हितका पक्षमा दौडनु पर्ने अघिल्लो कार्यकाल प्रतिवादीको फाइल बोकेर अदालत धाउदैमा वितेको सर्वविदितै छ । लोकतन्त्र भनेको बढी मत ल्याउनेले जित्ने र कम मत ल्याउनेले हार स्वीकार्ने पद्घति हो तर उद्योग वाणिज्य संघको इतिहासमा यस्तो एउटा कालो दिन आयो जहा“ बढी मत ल्याउनेले सजिलै कार्यकाल पूरा गर्न पाएन ।
युवा नेतृत्व उद्योग वाणिज्य संघले पाउ“दा आजभन्दा तीन बर्ष अघि दोलखाका समग्र उद्योगी, व्यवसायीहरु उत्साहित हुनु भएको थियो । आसा र भरोसाका दियो मनमा बाल्नु भएको थियो । अब केही हुन्छ भन्दै उज्यालो उद्योग वाणिज्य संघ हेर्न चाहिरहनु भएकाहरुले सुरुवातिमै अध्यारा दिनहरुको अनुभूति गर्नु परेको यथार्थ लुकाउन सकिदैन ।
आजका दिनमा उद्योग वाणिज्य संघभित्र नेताका भूमिका खोज्नेहरुले जवाफ दिनुपर्छ कि पर्दैन, मुद्दामामिलाको चंगुलमा फसाएर संघलाई किन असफल बनाउन खोजियो ? वहुमतका आडमा अध्यक्षको हातखुट्टा बा“धेर किन संघलाई गतिहीन र अर्थहीन बनाउन खोजियो ? विधान, कार्यविधिहरुलाई मिच्दै अध्यक्षलाई अल्पमतमा पार्दै संघमा किन अप्ठ्यारो स्थिति सृजना गरियो ? फेरि पनि उद्योग वाणिज्य संघको नेतृत्व खोज्दै मत माग्न हिड्नहरुले मतदाता सामु उक्त प्रश्नको जवाफ दिनुपर्छ ।
दोलखा उद्योग वाणिज्य संघमा स्वच्छ प्रकारले गरिएका मतदानबाट जित्नेहरुलाई स्वीकार्ने र काम गर्ने वातावरण वनाउनु पहिलो चुनौति हो । हार्नेहरुले जित्नेहरुलाई काम गर्न नदिई सधै अवरोध गर्दै जानका लागि चुनाव खोजिएको हैन । चुनाव त उद्योगी र व्यवसायीको माया र विश्वासबाट बहुमत प्राप्त व्यक्तिहरुलाई सहज काम गर्ने वातावरणका लागि गर्न खोजिएको हो । अब पनि हार्नेहरुले हार नस्वीकार्ने हो भने दोलखा उद्योग वाणिज्य संघ तहस नहस हुनसक्छ ।
त्यसैले सर्वप्रथम चुनावमा भाग लिनेहरुले यदि हार भयो भने पनि स्वीकार्छु र प्रतिद्वन्दीलाई काममा सघाउ“छु भन्ने विश्वास बोकेर मन दरिलो पार्दै अघि बढौ“ । जवसम्म उद्योग वाणिज्य संघमा हुन्छु, व्यवसायिक साथीहरुका लागि रातदिन समय दिन्छु अनि समस्या र संकटका बेला साथमै हुन्छु भन्ने कसम खाएर अघि बढौ ।
हामी उक्त प्रतिबद्धतालाई आत्मसाथ गर्दै सदैव व्यवसायी साथीहरुका बीच इमान्दारीपूर्वक, नैतिकतालाई ख्याल गर्दै व्यवसायीका हितमा असल चौकीदारी गर्न उभिएका छौ“ । काम गर्नका लागि बहुमत टिम चाहिन्छ भन्ने अघिल्लो कार्यकालको नियतिलाई विचार गरेर सुन्दर कार्की प्यानलका सबैलाई सदस्यहरुलाई मतदान गरी विजयी गराइदिन उद्योगी, व्यापारी, बुद्धिजीवि, समाजसेवी र सचेत समुदायप्रति हार्दिक अपिल गर्दछा“ै ।
हाम्रा प्रतिबद्धताहरु
१. संघको क्षतिग्रस्त भवन ३ महिनाभित्र पुननिर्माण गर्ने ।
२. दोलखाको पर्यटन प्रवर्धनको लागि प्रत्येक वर्ष दोलखामा महोत्सव आयोजना गर्ने ।
३. दोलखा जिल्लाको कृषि, पर्यटन, लघु घरेलु तथा साना उद्योग, जलश्रोत, क्षेत्रको लगानीको लागि दोलखा लगानी सम्मेलन २०७६ आयोजना गर्ने ।
४. दोलखा जिल्लाको भीमेश्वर नगरपालिका, सिंगटी, मैनापोखरी, तामाकोशी, दोलखा, किर्नेटार बजार क्षेत्रमा स्थानीय तहस“ग समन्वय गरी बजार व्यबस्थापन गर्ने ।
५. सहरहरुमा सि.सि. क्यामरा जडान, फ्रि वाइफाई, सडक बत्ती, स्मार्ट शौचालय बनाउन पहल गर्ने ।
५. दोलखा उद्योग वाणिज्य संघको सिंगटी, मैनापोखरी, मागादेउराली शाखाको भवन निर्माण गराउने ।
६. दोलखा उद्योग वाणिज्य संघमा सदस्यहरुलाई बीमा गराउने ।
७. संघमा आवद्ध सदस्यहरुले बैंक तथा सहकारीबाट लिएको कर्जाको आवश्यक वीमा गराउने ।
८. दोलखा उ. वा. संघका सदस्यहरुलाई प्रत्येक शाखाहरुमा कर शिक्षा कार्यक्रम आयोजना गर्ने ।
९. यस संघमा सदस्यहरुलाई उद्यमशील तालिमको व्यवस्था गर्ने ।
१०. दोलखा जिल्ला भरी विभिन्न स्थानहरुमा सम्भावित उद्योग स्थापना गर्न÷लगानी मैत्री वातावरण निर्माण गर्ने ।
११. यस संघमा आवद्ध नभएका तर नेपाल सकारको निकायमा दर्ता भई उद्योग व्यवसाय गर्ने व्यवसायीहरुलाई संघको सदस्यता प्रदान गर्ने ।
१२. संघको विधानलाई समयानुकूल संशोधन गर्ने ।
१३. वस्तुगत संघको प्रतिनिधित्वको सुनिश्चित गर्ने ।
१४. व्यवसायिक हक–हितका लागि नेपाल सरकारका सम्पूर्ण निकाय र स्थानीय तह स“ग समन्वय गरी उद्योगी व्यवसायीहरुको हक– हितको संरक्षण र प्रर्वधन गर्ने ।
१५. जिल्लाको वा शाखाहरुमा १÷१ वटा कोशेली घर स्थापना गरी स्थानीय उत्पादनहरुको प्रवर्धन गर्ने ।
१६. दोलखा जिल्लामा भएका धार्मिक र पर्यटकीय स्थलहरुको पर्यटन विकास गराई प्रचार–प्रसार गर्ने गराउने ।
१७. दोलखा जिल्लामा भएका राष्ट्रिय गौरवका आयोजनाहरुमा सम्पूर्ण उद्योगी र व्यवसायीहरु तथा आम दोलखा बासीहरुलाई सहभागिता गराउने ।
१८. दोलखा जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

Shares

Be the first to comment on "यस्तो छ सुन्दर कार्कीको प्यानलको घोषणा पत्र"

Leave a comment

Your email address will not be published.


*