यस्तो छ ःनेपाली काँग्रेस दोलखाको निर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति

चरिकोट(दीस) –नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोलखा जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको टुङगो लागेको छ । नेतृत्व छनोटको लागि भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापतिमा रुद्र खडका प्यानलका छवि लामा तथा अर्जुन शिवाकोटी विजयी हुनु भएको छ । ४ जनाको प्रतिस्पर्धा रहेको उपसभापतिमा छवि लामाले ८ सय १८ र अर्जुन शिवाकोटीले ७ सय २० मत ल्याउँदै विजयी हुनु भएको हो । उपसभापतिमा नै छवि लामाले (सानो) ७सय ८ र कृष्णबहादुर खड्काले ६सय ७ मत प्राप्त गर्नु भएको थियो । सचिवको लागि ६ जनाको प्रतिस्पर्धा भएकोमा तारा खड्का प्यानलका दावासाङ्गे शेर्पाले ६सय २८ र नवनिर्वाचित सभापति बर्मा लामा प्यानलका रञ्जितकुमार पाठक ५सय ६ मत ल्याउदै सचिव पदमा विजयी हुनु भएकाे ५ । सचिब पदमा कुमार भुजेलले ४ सय ९४ ,महेश काफ्लेले ४ सय ८१ , रामेश्वर उप्रेतीले ३ सय ६० बालकृष्ण आचार्यले ३ सय ७३ मत प्राप्त गर्नु भएको थियो । सहसचिबमा हरिशरण शिवाकोटी ७ सय ५२ र पासाङ शेर्पाले ५ सय ९५ मत ल्याउदै विजयी भएको निर्वाचन समितिले जनाएको छ । पाँच जनाको प्रतिस्पर्धा भएको सहसचिबमा एमविक्रम कार्कीले ४ सय ५०,कविराज थामीले ४सय ८४ र सुशीला घतानीले ५ सय ४९ मत प्राप्त गर्नु भएको थियो । यसैगरी जिल्ला कार्य समिति सदस्यहरुमा प्रत्यक्ष खुल्ला तर्फ भीमेश्वर नगरपालिकाबाट राजेश कुमार श्रेष्ठ तथा जगत बहादुर श्रेष्ठ, कालिञ्चोक गाउँपालिकाबाट टेक राज शिवाकोटी, गौरिशंकर गाउँपालिकाबाट विमल आचार्य, बैतेश्वर गाउँपालिकाबाट प्रकाश खड्का, तामाकोशी गाउँपालिकाबाट नारायण खड्का(सुरज),मेलुङ गाउँपालिकाबाट पूर्णबहादुर तामाङ निर्वाचित हुनु भएको छ । यसैगरी खस आर्य खुल्ला तर्फ राजन बस्नेत,कृष्ण बहादुर दहाल तथा राजेश उप्रेती , आदिवासी जनजात खुल्ला तर्फ निमाटासी शेर्पा, मकरध्वज पाख्रीन तथा देभाकुमार श्रेष्ठ विजयी हुनु भएको छ । यस्तै दलित तर्फ कृष्ण बहादुर धनुके र अल्पसंख्यक वा अपाङ्ग खुल्लाबाट कर्णबहादुर थामी निर्वाचित भएको निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनु भयो । । महाधिवेशन प्रतिनिधितर्फको मतगणना भने जारी रहेको छ ।यस अघि नै नेपाली कांगे्रसको सभापतिमा बर्मा लामा विजयी भइसक्नु भएको छ ।

Shares

Be the first to comment on "यस्तो छ ःनेपाली काँग्रेस दोलखाको निर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति"

Leave a comment

Your email address will not be published.


*