यसरी सुरु भयो कम्युनिष्ट आन्दोलन दोलखामा

चरिकोट – पशुपति चौंलागाईका दाई (ठूलोबाको छोरा) कर्णाखर गाउँमा किसानी काम गर्थे । आरा लगाउने गर्थे । कम्युनिष्ट बिचार राख्थे । नेकपा नेता अमृत बोहोरा दोलखा सिन्धुपाल्चोक लगायतका जिल्लामा कम्युनिष्ट पार्टी अभियानको नेतृत्व गर्थे । उनलाई अमृत बोहाराले चिठी ल्याएर दिने रैछन् । एक दिन बोहोराले चिठी ल्याएर दिने बेलामा उनी पनिसँगै भए । उनका दाईले भने अब मैले भन्दा यो भाईले गर्छ । त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा जोडिए ।संगठन गर्दा २०३७ सालमा पशुपति चौंलागाँई, जय प्रसाद दहाल र कुमार दहाल पहिलो पटक कम्युनिष्ट पार्टीको सदस्य लिए । २०४८ सालमा सांसद भएका ईन्द्र बहादुर खडकाले चौथौ नम्बरमा र २०५१ सालमा सांसद भएका जितबिर लामाले पाँचौ नम्बरमा सदस्यता लिए । त्यसपछि छैटौ नम्बरमा कम्युनिष्ट पार्टीको सदस्यता काब्रेका भीम प्रसाद दहालले लिएका थिए । उनीहरुले पनि २०३७ सालमा सदस्य लिएका थिए । त्यसबेलामा दाहालसँगै दोलखाका पूर्व जिल्ला विकास समितिका सभापति लालकुमार केसिले पनि सदस्यता लिने कार्यक्रम थियो । उनी सदस्यता दिने कार्यक्रममा आउन सकेनन् । पार्टी नेताले कार्यक्रम गरेर सदस्यताको सपथ भइन्थ्यो । केसी २०३८ मा सदस्य भए । त्यसैगरी २०३९ साल शिब प्रसाद भण्डारीले सदस्य लिएका थिए । सूरुमा कम्युनिष्ट पार्टीको सदस्यता लिँदा उनीहरुले सदस्य लिदाँ २ ओटा किता पाएका थिए । किताबको नाम एउटाको नाम माकुरो र झिगो थियो । अर्को किताब ३ ओटा लेखको संङग्रह थियो । दुबै किताब अनुवाद गरिएका थिए ।
(दीक्षण दैनिकको लागि अर्जुन अपवादले २०७६ बैशाख १ गते नेकपा नेता एवं वाग्मती प्रदेश सभा सदस्य पशुपति चौंलागाँईसँग गरेको कुराकानीमा आधारित)

Shares

Be the first to comment on "यसरी सुरु भयो कम्युनिष्ट आन्दोलन दोलखामा"

Leave a comment

Your email address will not be published.


*