यसरी मनाइयो दोलखामा विश्व रक्तदाता दिवस

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३२
सम्पुर्ण रक्तदाताहरुको सम्मान र कृतज्ञता स्वरुप विश्वभर१७ औँ विश्व रक्तदाता दिवस मनाइएको छ ।
मानव रक्तसमुह पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डिस्नरको जन्मदिन जुन १४ को अवसरमा दिवस मनाइएको हो ।
दोलखामा पनि रक्तदान कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको रक्तसञ्चार केन्द्र चरिकोटमा आयोजित रक्तदान कार्यक्रममा १२ जना  रक्तदाताले रक्तदान गरेका छन् । रेडक्रस र भीमेश्वर नगरपालिकाको समन्वय, नेपाल रक्तदाता स्वयंसेवी समाज दोलखाको आयोजनामा  र भीमेश्वर वितरक संघकाे सहअायाेजनामा भएको कार्यक्रममा १२ पिन्त रगत संकलन भएको समाजका अध्यक्ष श्याम गौतमले बताए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण पोखरेल, भीमेश्वर वितरक संघका अध्यक्ष सुरेन्द्र उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "यसरी मनाइयो दोलखामा विश्व रक्तदाता दिवस"

Leave a comment

Your email address will not be published.


*