यसरी गर्ने गिरीलाई भोट

चरिकोट–दोलखाका पवन गिरी एपि वान टेलिभिजनले संन्चालन गरेको नेपाल आइडलको टप ९ मा पर्न सफल भएका छन ।दशैको अवसरमा दोलखा आएका उनी भोट माग्दै दोलखाका विभिन्न स्थानमा आफुलाई विजयी गराउन सवैलाई अनुरोध गरेका छन ।
गिरी औपचारिक रुपमा संगित नसिकेपनि नेपाल आईडलको यो मञ्चसम्म आईपुगेका छन् । टप ९ मा पर्न सफल भएका हुन् । गिरीलाई भोट गर्नका लागि उनको भोटिङ कोड ०८ रहेको छ । मोबाईलको म्यासेज बक्समा गएर गिरीको भोटिङ कोड ०८ टाईप गरि ३१००९ मा सेन्ट गर्न सकिनेछ भने ‘रेस्पेक्ट एण्ड राईज’ एप डाउनलोड गरेर पनि उनलाई भोट गर्न सकिनेछ । नेपाली टेलिभिजनको इतिहाँसमा पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम नेपाल आईडलको दोस्रो सिजन एपि वान एचडीबाट प्रत्येक साताको दुई दिन बिहिबार र शुक्रबार राती साँढे ८ मा प्रसारण हुने गरेको छ । हरेक मानिससँग केही न केही क्षमता हुन्छ तर पनि सबै बाहिर ल्याउन सकिरहेका हुँदैनन् र त्यसलाई प्रस्फुटन गर्ने माध्यम पनि पाईरहेका हुँदैनन् । तर नेपाल आईडल एउटा त्यस्तो मञ्च बनेको छ । जसले मुलुकभरीका गाएन प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।

Shares

Be the first to comment on "यसरी गर्ने गिरीलाई भोट"

Leave a comment

Your email address will not be published.


*